कञ्चनपुरमा एक करोडभन्दा बढी कारोबार गर्ने सहकारीको सङ्ख्या तेह्र
कञ्चनपुर, १४ साउन । कञ्चनपुरमा एक करोडभन्दा बढी कारोबार गर्ने सहकारी संस्थाको सङ्ख्या १३ पुगेको छ । बढ्दो सहरीकरणसँगै व्यापारिक कारोबारमा भएको वृद्धिले एक करोडभन्दा बढी कारोबार गर्ने सहकारीको सङ्ख्यामा वृद्धि भएको हो ।
स्थानीय समुदायको बचत गर्ने बानीको विकाससँगै सहकारीले फस्टाउने मौका पाएको डिभिजन सहकारी कार्यालय महेन्द्रनगरका सूचना अधिकारी राजेन्द्र भट्टले बताए । उनका अनुसार सातवटा बचत तथा ऋण सहकारी, तीनवटा बहुउद्देश्यिय सहकारी, दुईवटा साना किसान कृषि सहकारी र एउटा उपभोक्ता सहकारी संस्थाले एक करोडभन्दा बढीको कारोबार गर्दै आएका छन् ।
यहाँको भीमदत्त नगरपालिका, झलारी, पिपलाडी, कृष्णपुर, रैकवार बिचवा, दैजी र चाँदनीमा रहेका १३ सहकारी संस्थामा ११ हजार २८७ सेयर सदस्य रहेका छन् । १३ वटै सहकारीमा आबद्ध सेयर सदस्यले रु चार करोड ४३ लाख ७७ हजार मूल्यको सेयर पुँजी जम्मा गरेका छन् ।
सहकारीको कोषमा रु एक करोड ८८ लाख ६२ हजार रकम रहेको छ । सहकारीमा आबद्ध सदस्यबाट सहकारीमा रु २२ करोड १३ लाख ९९ हजार निक्षेप सङ्कलन भएको छ ।
यसैगरी, रु पाँच करोडभन्दा बढीको कारोबार गर्ने सहकारीको सङ्ख्या भने कञ्चनपुरमा तीन रहेको छ । उदयदेव, सिर्जनशील र साना किसान कृषि सहकारी संस्था सुडाले रु पाँच करोडभन्दा बढीको कारोबार गर्दै आएको डिभिजन सहकारी कार्यालय महेन्द्रनगरका सूचना अधिकारी भट्टले बताए ।
उनका अनुसार ती सहकारी संस्थामा पाँच हजार ६०२ सेयर सदस्य आबद्ध रहेका छन् । सहकारी संस्थाको सेयर पुँजी रु दुई करोड ६७ लाख ३७ हजार रहेको छ । निक्षेप सङ्कलन रु १० करोड २१ लाख एक हजार र लगानी रु ३० करोड ५९ लाख ४४ हजार रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
