२० कात्तिक २०८३, शुक्रबार

रिलान्स सुगर मिलद्वारा क्षतिपूर्ति प्रदान

२०७१ साउन १४, बुधबार
रिलान्स सुगर मिलद्वारा क्षतिपूर्ति प्रदान

 कलैया, १४ साउन । बारा जिल्ला मनहर्वा गाविसस्थित रिलान्स सुगर मिलले उखु कृषकलाई रु ७५ लाखदेखि ८० लाखसम्म क्षतिपूर्ति दिएको सो मिलका महाप्रबन्धक शिवनाथ शर्माले बताए  ।
बारा पर्सा जिल्लाका उखु कृषकबाट करिब २२ लाख क्विन्टल उखु खरिद गरी गत पुस १२ गतेदेखि असार २३ गतेसम्म उखु क्रसिङ गरिरहेको अवस्थामा अचानक मिल बन्द भई उखु कृषकले ल्याएको उखु क्रसिङ गर्न नसक्दा उक्त रकम उखु कृषकलाई क्षतिपूर्ति दिनुपरेको बताइएको छ ।
सो मिलबाट यस वर्ष करिब एक लाख ८६ हजार ९१९ क्विन्टल चिनी उत्पादन भएको थाहा भएको छ । गत वर्ष सो मिलले कुल ११ लाख ८३ हजार ९३७ क्विन्टल उखु क्रसिङ गरी करिब एक लाख छ हजार ५०० क्विन्टल चिनी उत्पादन गरेको थियो ।

अभिलेख

लोकप्रिय