क्रिश्टल बहुउद्देश्यीय सहकारीका सञ्चालक थुनामा
काठमाडौ १३ साउन । काठमाडौ जिल्ला अदालतले बचत कर्ताको रकम ठगी गरि भाग्ने क्रिश्टल बहुउद्देश्यीय सहकारीका अध्यक्ष र सञ्चालकलाई थुनामा पठाएको छ । ठगी मुद्दामा जिल्ला अदालत काठमाडौले माग गरेको धरौटी रकम बुझाउन नसेके पछि सहकारीका अध्यक्ष रामकुमार राई र सञ्चालक अभिशेष राईलाई थुनामा पठाएको हो ।
थुनामा रहेका राईद्धय दाजुभाई भएको बताइएको छ ।जिल्ला न्यायधिश कुल प्रसाद शर्माको एकल इजालाशले सोमबार ठगी मुद्दाको. सुनुवाई गर्दै जनही ५०।५० लाख धरौटी माग गर्ने आदेश गरेको थियो ।
करिब हजार बचत कर्ताको रकम लिएर जेठ देखि सहकारीका सबै सञ्चालक फरार थिए । उनिहरु बिरुद्ध ९ जना बचतकर्ताले आफुले जम्मा गरेको करिब एक करोड २४ लाख रुपौयाँ बराबरको रकम सहकारीका सञ्चालकले लिएर भागेको भन्ने उजुरी दिए पछि मुद्दा दर्ता भएको थियो । सरकारी कार्यलयले अध्यक्ष राई सहित अन्य सात जना सञ्चालक बिरुद्ध ठग मुद्दा दायर गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
