२० कात्तिक २०८३, शुक्रबार

क्रिश्टल बहुउद्देश्यीय सहकारीका सञ्चालक थुनामा

२०७१ साउन १३, मङ्गलबार
क्रिश्टल बहुउद्देश्यीय सहकारीका सञ्चालक थुनामा

काठमाडौ १३ साउन । काठमाडौ जिल्ला अदालतले बचत कर्ताको रकम ठगी गरि भाग्ने  क्रिश्टल बहुउद्देश्यीय सहकारीका अध्यक्ष र सञ्चालकलाई थुनामा पठाएको छ ।  ठगी मुद्दामा  जिल्ला अदालत काठमाडौले माग गरेको धरौटी रकम बुझाउन नसेके पछि सहकारीका अध्यक्ष रामकुमार राई र सञ्चालक अभिशेष राईलाई थुनामा पठाएको हो ।

थुनामा रहेका राईद्धय दाजुभाई  भएको बताइएको छ ।जिल्ला न्यायधिश कुल प्रसाद शर्माको एकल इजालाशले सोमबार ठगी मुद्दाको. सुनुवाई गर्दै जनही ५०।५० लाख धरौटी माग  गर्ने आदेश गरेको  थियो ।

करिब हजार बचत कर्ताको रकम लिएर जेठ देखि सहकारीका सबै सञ्चालक फरार थिए  । उनिहरु बिरुद्ध ९ जना बचतकर्ताले आफुले जम्मा गरेको करिब एक करोड २४ लाख रुपौयाँ बराबरको रकम सहकारीका सञ्चालकले लिएर भागेको भन्ने उजुरी दिए पछि मुद्दा दर्ता भएको थियो । सरकारी कार्यलयले अध्यक्ष राई सहित अन्य सात जना सञ्चालक बिरुद्ध ठग मुद्दा दायर गरेको थियो ।

अभिलेख

लोकप्रिय