अवैध सुनसहित भारतीय नागरिक पक्राउ
पर्सा, १३ साउन । प्रहरीले वीरगन्जबाट अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गालको लक्ष्मणगढ जिल्ला निवासी २८ वर्षीय कन्हैया बर्मा रहेका छन् । उनको साथबाट २३९ ग्राम सुन बरामद गरिएका प्रहरीले जनाएकोे छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले जुत्ताभित्र सुन लुकाएर रक्सौलतर्फ जाँदै गरेका बर्मालाई वीरगन्जको शङ्कराचार्य गेट नजिकैबाट पक्राउ गरेको हो ।
पक्राउ परेका बर्मालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा आज पठाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वीरगन्जको नाका भएर सुनको अवैधरूपमा कारोबार हुने गरेको भन्ने जानकारी आएका कारण सीमामा कडाइ गरिएको प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
