रसुवागढी हाइड्रोपावरको काम बन्द
रसुवा १३ साउन । निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको सबै काम सोमबार साँझदेखि बन्द भएको छ ।
नेपाली काँग्रेसका उत्तरी भेगीय प्रमुख पेम्बा छिरिङ तामाङका अनुसार चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङको यथास्थानमा पुनःबहाली गर्नुपर्ने माग राख्दै गरिएको तालाबन्दीबाट सुनुवाइ नभएका कारण रसुवागढीमा भइरहेको सुरुङ निर्माणको सबै काम चिनियाँ ठेकेदार कम्पनीलाई आग्रह गरी बन्द गराइएको हो ।
दश दिनदेखि जारी आन्दोलनलाई अघि बढाउन सङ्घर्ष समिति गठन भइसकेको तथा स्थानीय बासिन्दा र सरोकार समिति आन्दोलन कार्यमा सहभागी हुनाका साथै आफ्नो दलले पनि समर्थन दिइसकेको तामाङले बताउनुभयो । शान्तिपूर्ण आन्दोलनप्रति एकीकृत नेकपा(माओवादी) र नेकपा–माओवादीको पनि ऐक्यबद्धता रहेको जनाइएको छ ।
यस्तै उत्तरी रसुवाको ५७.१ मेगावाट क्षमताको सान्जेन जलविद्युत् आयोजनाको निर्माणका सबै कामसमेत बन्द हुनाका साथै सञ्चालनमा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको प्रशासनिक काम ठप्प भएको बताइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
