२० कात्तिक २०८३, शुक्रबार

काभ्रेमा ३८ प्रतिशत बढी राजस्व सङ्कलन

२०७१ साउन ११, आईतवार
काभ्रेमा ३८ प्रतिशत बढी राजस्व सङ्कलन

बनेपा, ११ साउन । काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न सरकारी कार्यालयबाट ३८ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आव २०६९÷७० मा कुल रु ४९ करोड ३६ लाख राजस्व सङ्कलन भएकामा आर्थिक वर्ष २०७०÷७१ मा कुल रु ६८ करोड १२ लाख ७४ हजार ३१ सङ्कलन भएको छ ।
यो आवमा सङ्कलन भएको राजस्व गत वर्षको तुलनामा रु १८ करोड ७६ लाख ७४ हजार ३१ बढी भएको सो कार्यालयका प्रमुख कोष नियन्त्रक रामबहादुर खड्काले जानकारी दिनुभयो ।
जिल्लामा पाँचवटा कार्यालयले सबैभन्दा बढी राजस्व सङ्कलन गरेका छन् । ती कार्यालयमा जिल्ला प्रशासन कार्यालय, करदाता सेवा कार्यालय, मालपोत कार्यालय, जिल्ला शिक्षा कार्यालय र जिल्ला अदालत कार्यालय रहेका छन् ।
उहाँका अनुसार जिल्लाका पाँचवटा कार्यालयको बजेट फ्रिज भएको छ । बजेट फ्रिज भएका कार्यालयमा भवन डिभिजन कार्यालय, जिल्ला विकास समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला शिक्षा कार्यालय र सिँचाइ डिभिजन कार्यालय रहेका छन् ।

अभिलेख

लोकप्रिय