२० कात्तिक २०८३, शुक्रबार

हेवा जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण स्वीकृति

२०७१ साउन ११, आईतवार
हेवा जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण     स्वीकृति

ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले केही दिन पहिले माउन्टेन हाइड्रो पावरले निर्माण गर्न लागेको सो प्रसारण लाइन निर्माणको स्वीकृति दिएको हो ।
कुल तीन किलोमिटर लामो सो प्रसारण लाइनले तल्लो हेवा जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहयोग पु¥याउनेछ ।कूल १३२ केभी क्षमताको सो प्रसारण लाइन फाक्दिङ सवस्टेशनमा जोडिनेछ । तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२ मेगावाट जलविद्युत् उत्पादन हुनेछ ।
विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार सो प्रसारण लाइन २०७३ साल साउन ५ गते निर्माण सम्पन्न गर्ने गरी अनुमति दिइएको हो ।
सरकारले हालसम्म १६५ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सर्वेक्षणको अनुमति दिएको छ । त्यसमा यस वर्ष मात्रै १२ वटा प्रसारण लाइनले सो सर्वेक्षणको अनुमति लिएका छन् ।

काठमाडौँ, ११ साउन । सरकारले तल्लो हेवा जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न निर्माण गरिने सहायक प्रसारण लाइन निर्माणको स्वीकृति प्रदान गरेको छ ।

अभिलेख

लोकप्रिय