बिक्यु मोबाइल अब किटक्याट अपरेटिङ सिस्टममा
हङकङ, भारत, अफ्रिका र नेपालबाट आफ्नो बिक्री सुरु गरेको बि क्युले यो किटक्याट भर्सन ल्याएको हो । कम्पनीले नेपालमा कारोबार सुरु गरेको छोटो समयमानै ५ हजार भन्दा बढि एस ३७ मोडलको सस्तो ३ जि स्मार्ट फोन बिक्री गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक बिशाल आचार्यले जानकारी दिए ।
काठमाडौं । होराइजन इन्टरप्राइजेजले किटक्याट अपरेटिङ सिस्टममा चल्ने एस ३७ मोडल बजारमा ल्याएको छ । बेला इन्टरनेशनलले बजारमा बिक्री बितरण गर्दै आएको बि क्यु मोबाइलका मोडलहरु मध्ये स्मार्टफोन एस–३७ यसअघि एन्ड्रोइड्र जेलिबिन अपरेटिङ सिस्टममा चल्ने गरेको थियो । नेपाली मोबाइलका उपभोक्तालाई ध्यान दिएर किट क्याट अपरेटिङ सिस्टममा परिबर्तन गरि बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

गुगल एन्ड्रोइडको नयाँ अपरेटिङ सिस्टम किटक्याटमा रमाउन चाहने नेपाली उपभोक्ताहरुमाझ लोकप्रिय हुने दाबी आचार्यको छ । यस अघि बिक्युको एस ३७ खरिद गरेको उपभोक्तालाई कम्पनीले निशुल्क अपरेटिङ सिस्टम किट क्याट राखिदिने भएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टमको पछिल्लो भर्सन किटक्याट हो ।
नेपालमा उपलब्ध किटक्याट अपरेटिङ सिस्टम भएका ३ जि स्मार्ट फोनहरुमा बिक्युको एस ३७ सबैभन्दा सस्तो भएको कम्पनीको दाबी छ । नेपालका बिभिन्न स्थानमा सर्भिस सेन्टरबाट अपरेटिङ सिस्टम किटक्याट राख्न सकिने र त्यसका लागि उपत्यकाका बिभिन्न मोबाइल पसल तथा न्युरोडको केशाप्लाजामा रहेको बिक्युको सर्भिस सेन्टर पोखरा, नारायणगढ, बिरगंज, इटहरी, बिर्तामोड र हेटौंडमा रहेका कम्पनीको सर्भिस सेन्टरहरुबाट गरिने ब्यबस्था मिलाइएको प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।
आउँदो आर्थिक बर्षमा ३० हजार भन्दा बढि एस ३७ मोडलको स्मार्टफोन बिक्रि गर्ने लक्ष कम्पनीले राखेको यो सेटको मुल्य ६ हजार ८ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । एस ३७ मोडलको फोनमा ३.५ इन्च डिस्प्ले, थ्रिजी नेटवर्क,डयुअल सिम, १.२ गिगाहर्ज डुवल कोर प्रोसेसर, दुइवटा क्यामेरा,वाइफाइ, फ्लास लाइट रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
