व्यावसायिक सुपारी खेतीका लागि सहकारी
भद्रपुर, ११ साउन । मेची अञ्चलको पहाडी जिल्ला इलाममा पहिलो पटक सुपारी उत्पादक सहकारी संस्था गठन भएको छ । सुमगङ्ला सुपारी उत्पादक सहकारी संस्था लिमिटेडको नाममा इलामको दक्षिणी गाविस लक्ष्मीपुर–५ मा सहकारी दर्ता भएको डिभिजन सहकारी कार्यालय इलामले जनाएको छ ।
संस्था दर्तासँगै झापाको मुख्य नगदेवालीको रुपमा पहिचान पाएको सुपारी बाली अब इलामको दक्षिणी उष्ण हावापानी भएका गाविसमा पनि व्यावसायिक उत्पादनका लागि संस्थागत पहल थालिएको छ । हावापानी सुहाउँदो भएको कारण साथै खेर गएको जग्गाजमिनमा सुपारी खेती गरी सदुपयोग गर्न संस्था दर्ता गरिएको संस्थाका अध्यक्ष दलुदास राईले बताए ।
कृषि विकास कार्यालय इलामका वाली संरक्षण अधिकृत बुद्धी भट्टराईका अनुसार गएको आवमा इलामको १९० हेक्टर जमिनमा ४४४ दशमलव एक मेट्रिक टन सुपारी उत्पादन भएको थियो । हाल झापामा हरियो सुपारीको दाना रु ५० प्रतिकेजीको दरले बिक्री हुँदै आएको तथ्याङ्क छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार