१७ वैशाख २०८३, बिहिबार

व्यावसायिक सुपारी खेतीका लागि सहकारी

२०७१ साउन १०, शनिवार
व्यावसायिक सुपारी खेतीका लागि सहकारी

भद्रपुर, ११ साउन । मेची अञ्चलको पहाडी जिल्ला इलाममा पहिलो पटक सुपारी उत्पादक सहकारी संस्था गठन भएको छ । सुमगङ्ला सुपारी उत्पादक सहकारी संस्था लिमिटेडको नाममा इलामको दक्षिणी गाविस लक्ष्मीपुर–५ मा सहकारी दर्ता भएको डिभिजन सहकारी कार्यालय इलामले जनाएको छ  ।
संस्था दर्तासँगै झापाको मुख्य नगदेवालीको रुपमा पहिचान पाएको सुपारी बाली अब इलामको दक्षिणी उष्ण हावापानी भएका गाविसमा पनि व्यावसायिक उत्पादनका लागि संस्थागत पहल थालिएको छ । हावापानी सुहाउँदो भएको कारण साथै खेर गएको जग्गाजमिनमा सुपारी खेती गरी सदुपयोग गर्न संस्था दर्ता गरिएको संस्थाका अध्यक्ष दलुदास राईले बताए ।
कृषि विकास कार्यालय इलामका वाली संरक्षण अधिकृत बुद्धी भट्टराईका अनुसार गएको आवमा इलामको १९० हेक्टर जमिनमा ४४४ दशमलव एक मेट्रिक टन सुपारी उत्पादन भएको थियो ।     हाल झापामा हरियो सुपारीको दाना रु ५० प्रतिकेजीको दरले बिक्री हुँदै आएको तथ्याङ्क छ ।

अभिलेख

लोकप्रिय