बैंक प्रबन्धक बनेर ठगी गर्ने पक्राउ
कञ्चनपुर, १० साउन । बैंक प्रबन्धक बनेर रु आठ लाख ठगी गर्ने बाँकेका कृष्णप्रसाद सुवेदीलाई प्रहरीले हिजो महेन्द्रनगरको एक होटलबाट पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरले सुवेदीसहित श्रीमती सीता र छोरी कवितालाई बिहान होटेल गङ्गोत्रीबाट पक्राउ गरेको हो । प्रहरीले सुवेदीबाट रु छ लाख ७० हजार नगदसमेत बरामद गरेको छ ।
बाँके नेपालगन्जका तेन्डी शेर्पालाई कुमारी बैंकको प्रबन्धक भएको बताउँदै अर्काको जग्गा देखाएर सुवेदीले रु आठ लाख ठगी गरेको प्रहरी निरीक्षक पुष्करबहादुर चन्दले बताए । शेर्पाले सुवेदीविरुद्ध बाँके प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।
उजुरीका आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरले सुवेदीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई बाँके प्रहरीको जिम्मा लगाइने भएको प्रहरी निरीक्षक चन्दले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
