साउन १८ मा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने
काठमाडौं, ९ साउन । भारतका प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदी यही साउन १८ गते नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ भएको नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठकमा मुलुुकको समसामयिक राजनीतिक अवस्था, प्रधानमन्त्रीको अनुपस्थितिमा सरकार र पार्टीले सम्पादन गरेका कामको समीक्षाका साथै प्रधानमन्त्रीको स्वास्थ्यबारे छलफल भएको थियो ।
प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणमा उनका भारतीय समकक्षी साउन १८ गते नेपाल आउने र उक्त भ्रमणका कार्यसूचीलगायत विषयलाई आज हुने मन्त्रिपरिषद् बैठकले टुङ्गो लगाउने नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बैठकपछि सञ्चारकर्मीहरूलाई बताए ।
बैठकमा भारतीय प्रधानमन्त्रीको भ्रमणको तिथिको औपचारिक घोषणा भोलिको मन्त्रिपरिषद्ले गर्ने, उनलाई जनकपुर वा लुम्बिनीको भ्रमण गराउने र आजदेखि हुन लागेको भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण, शनिबार हुने नेपाल–भारत संयुक्त आयोगको बैठकलगायत विविध विषयमा विचारविमर्श भएको जानकारी उनले दिए ।
भारतीय प्रधानमन्त्रीको भ्रमणलाई सफल एवम् फलदायी तुल्याउन र प्रमुख राजनीतिक दलहरूबाट रायसुझाव लिन भोलि नै राजनीतिक दलका नेताहरूसँग छलफल हुने पनि प्रवक्ता बडूले बताए । यसैबीच परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागीले भारतीय प्रधानमन्त्रीको भ्रमणको कार्यसूची एवम् कार्यक्रम निर्धारण भइनसकेको जानकारी दिँदै मितिमात्र तय भएको स्पष्ट गरे । यसअघि सन् १९९७ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजराल र सन् २००२ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनमा भागलिने सिलसिलामा प्रधानमन्त्री अटलबिहारी बाजपेयीले नेपालको भ्रमण गरेका थिए ।
नेपाल र भारतबीचको ऐतिहासिक, निकट तथा बहुआयामिक सम्बन्धका विविध पक्षमा छलफल गरी पारस्परिक सहयोग, सद्भाव एवम् सहकार्य विस्तार गर्न बहुप्रतिक्षित भारतीय प्रधानमन्त्रीको भ्रमण सफल हुने अपेक्षा गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
