१७ वैशाख २०८३, बिहिबार

ऐनकै कारण सहकारीमा समस्या-सचिव श्रेष्ठ

२०७१ साउन ९, शुक्रबार
ऐनकै कारण सहकारीमा समस्या-सचिव श्रेष्ठ

काठमाडौं, ९ साउन । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सहकारी ऐनकै कारणले सहकारीमा समस्या आएको बताएका छन् । ऐन समय अनुसार परिमार्जन नहुनुले पनि थप समस्या आएको उनको भनाइ थियो । त्यस्तै उनले सहकारीको विकासका लागि सहकारी ऐन परिमार्जन तथा बित्तीय सहकारी ऐन र सहकारी बैंक ऐन ल्याउन सके सहकारीमा समस्या नआउने बताए ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को आयोजना तथा नेपाल सहकारी पत्रकार समाजको आयोजनामा सहकारी पत्रकारहरुका लागि बचत तथा ऋण सहकारी अभिमुखिकरण कार्यक्रममा बोल्दै सचिव श्रेष्ठले सो कुरा बताएका हुन् । ‘सहकारीलाई व्यवस्थित गर्न अनुगमनलाई प्रभावकारी बनाइने छ’ उनले भने ‘सहकारीले रचनात्मक काम गरेपनि सहकारीको अनुगमन हुन नसक्दा केही केही सहकारीमा विकृति भित्रिएको हो ।’ ऐनले सहकारी मन्त्रालय नचिनेकाले छिट्टै ऐन संशाधन गरि अधिकार अधिकार प्रत्योजन गरिने सचिव श्रेष्ठले बताए ।  समस्यामा रहेका सहकारीको समस्या समाधान गर्न ऐन संशोधन गरी अधिकारसम्पन्न छानबिन समिति बनाउने तयारी अन्तिम चरणमा पुगेको सचिव श्रेष्ठले बताए ।
कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ(नेफ्स्कन)का अध्यक्ष ऋषिराज घिमिरेले सहकारी स्वनियमनमा चल्ने भनेर जे पायो त्यही गर्न नपाइने बताए । सहकारीले साधारणसभामा जे पनि गर्न पाइने भन्ने नहुने धारणा राखे । त्यस्तै नेपाल सहकारी पत्रकार समाज(सिजेएन)का अध्यक्ष डिल्लीप्रसाद सापकोटाले सहकारीका विकासका लागि सञ्चारसँग सहकार्य अपरिहार्य भएको बताए । एक दिने अभिमुखिकरण कार्यक्रम बचत तथा ऋण सहकारीका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा विभिन्न संचर माध्यममा आवद्ध रहेको २५ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

अभिलेख

लोकप्रिय