मुलुकको समृद्धिका लागि विद्युत् सम्झौता –ऊर्जा मन्त्री
काठमाडौँ, ७ साउन । ऊर्जा मन्त्री राधा ज्ञवालीले मुलुकको समृद्धिका लागि ‘नेपाल–भारत विद्युत् सम्झौता’ गर्न लागेको बताउनुभएको छ । संवाद क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले राष्ट्रको हित र ऊर्जा विकासका लागि भारतसँग विद्युत् सम्झौता गर्न लागेको दाबी गर्नुभयो ।
मन्त्री ज्ञवालीले भन्नुभयो, “विद्युत् सम्झौता गरेर राष्ट्रघात गर्न लागेको हैन, मुलुकको विकासका लागि हो, ऊर्जा मन्त्रालयले एक्लै सम्झौता गर्दैन, मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्रै सम्झौता हुन्छ ।” भारतमा मात्र नभएर बङ्गलादेश, श्रीलङ्का, चीनलगायतका राष्ट्रहरूसँग विद्युत् सम्झौता गर्नुपर्ने आवश्यकता भएको र त्यसका लागि सबै पार्टीबीच छलफल भएर सहमति भएपछि मात्र विद्युत् सम्झौता गर्ने विषयमा निर्णय गर्ने स्पष्ट पार्नुभयो ।
नेपाली काँग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री डा प्रकाशशरण महतले नेपाल–भारतबीचको विद्युत् सम्झौताले दुवै देशको हित हुने र त्यसमा मुलुकको हितविपरीत कुनै पनि आपत्तिजनक कुरा नरहेको दाबी गर्नुभयो ।
उहाँले पानी थुन्न सकिने चीज नभएकोले त्यसको जतिसक्दो उपयोग गर्नसके मुलुकको विकास हुने बताउनुभयो । एकीकृत नेकपा (माओवादी)का ऊर्जा विभाग प्रमुख लीलामणि पोखरेलले भारतले नेपालको पानी कब्जा गर्ने उद्देश्यका साथ विद्युत् सम्झौता गर्न लागेको आरोप लगाउनुभयो ।
उहाँले नेपाल–भारत विद्युत् सम्झौता नेपाल र नेपालीको हितमा नभएको भन्दै यदि नेपालले सो सम्झौता गरेमा दीर्घकालीन असर पर्ने भएकाले कुनै पनि हालतमा विद्युत् सम्झौता गर्न नहुने बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
