२० कात्तिक २०८३, शुक्रबार

बागमती सहकारीका सञ्चालक फरार

२०७१ साउन ७, बुधबार
बागमती सहकारीका सञ्चालक फरार

काठमाडौं, ७ साउन  । ललितपुरको भैंसेपाटीमा रहेको बागमती सहकारीका सञ्चालकले सर्वसाधारणको रकम ठगी गरेर भागेको भन्दै निक्षेपकर्ताले कारबाहीको माग गरेका छन् ।
विगत ७ वर्षदेखि सञ्चालनमा रहेको सहकारीका सञ्चालक सम्पर्कविहीन भएको र कार्यालय पनि बन्द भएपछि सहकारीका सदस्यहरुले आफ्नो निक्षेप फिर्ता गराउन माग गरेका हुन् ।
उनीहरुले आफ्नो गुनासो नसुनेको भन्दै डिभिजन सहकारी कार्यालल ललितपुरमा नाराबाजी र कर्मचारीलाई केहीबेर कार्यकक्षमै थुनेका थिए ।

अभिलेख

लोकप्रिय