पिछडिएको क्षेत्रमा विद्युत् सेवा पुर्याइने
काठमाडौँ, ५ साउन । सरकारले चालु आर्थिक वर्षमा दलित, जनजाति तथा पिछडिएका क्षेत्रका जनतालाई विद्युत् सेवा उपलब्ध गराउन रु आठ करोड विनियोजन गरेको छ । सरकारले पहिलोपटक यसखालको कार्यक्रम अगाडि सारेको हो । दलित, जनजाति तथा राज्यको पहुँचभन्दा बाहिर रहेका समुदायलाई राज्यबाट उपलब्ध गराउने अत्यावश्यकीय सेवाअन्तर्गतको विद्युत् सेवा उपलब्ध गराउनका लागि यसखालको कार्यक्रम अगाडि सारिएको हो ।
ऊर्जा मन्त्रालयले राष्ट्रिय कार्यक्रममा समावेश गरेको यसखालको नयाँ कार्यक्रमलाई नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले समेत पारित गरेको छ ।घरेलु मिटर, प्रसारण लाइन, ट्रान्समिटर, पोललगायतका सामग्री किन्न नसकेका कारण पिछडिएका क्षेत्रका सेवाग्राहीले विद्युत् सेवा नपाएको र राज्यले समेत चासो नदिएको भन्ने गुनासो आएपछि सो कार्यक्रम अगाडि सारिएको प्राधिकरणका निमित्त महाप्रबन्धक रामचन्द्र पाण्डेले जानकारी दिनुभयो ।
सो कार्यक्रममा कर्णाली अञ्चल, महाकाली अञ्चल र अन्य पिछडिएको क्षेत्रमा अभियान रूपमा विद्युतीकरण गर्ने लक्ष्य राखिएको छ ।स्थानीय समुदायलाई समेत सहभागी गराएर ग्रामीण विद्युतीकरणको लक्ष्य प्राप्तिका लागि नयाँ कार्यक्रम समावेश गरिएको उहाँको भनाइ छ ।
सरकारले चालु आवमा सामुदायिक विद्युतीकरण कार्यक्रमअनुसार करिब सात हजार घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउने घोषणा यसअघि नै गरेको छ । हालसम्म सोही प्रक्रियाबाट तीन लाख ८६ हजार घरधुरीमा सामुदायिक विद्युतीकरण कार्यक्रमबाट विद्युत् सेवा उपलब्ध गराइसकेको छ ।
सामुदायिक विद्युतीकरणका लागि सरकारको कुल ९० प्रतिशत र समुदायको १० प्रतिशतमात्रै लगानी हुने गरेको छ । सो कार्यक्रम २०६० सालदेखि अगाडि बढाइएको हो ।यसैगरी प्राधिकरणले पहिलो पटक असार मसान्तमै प्राधिकरणको वार्षिक बजेट र नीति तथा कार्यक्रम पारित गरेको पाण्डेले जानकारी दिनुभयो । यसअघि सो कार्यक्रम भदौ मसान्त तथा असोजको पहिलो सातामात्रै पारित हुने गरेको थियो ।
प्राधिकरणले हाल निर्माणाधीन परियोजनाहरूलाई द्रुतत्तर रूपमा सम्पन्न गर्ने र नयाँ आयोजनाहरूको खोजी गर्ने कार्यक्रम पारित गरेको छ ।निमित्त महाप्रबन्धक पाण्डेका अनुसार विगतमा कुल ४० करोड सामुदायिक विद्युतीकरणका लागि विनियोजन हुने गरेकामा यसपटक ग्रामीण विद्युतीकरणलगायतका कार्यक्रममा रु तीन खर्ब रकम छुट्याइएको छ ।
त्यसमध्ये रु ८० करोड त सामुदायिक कामकै लागि विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा सो रकम रु १० करोडमात्रै रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
