पहाडी क्षेत्रमा सहकारी फस्टाउँदो
परासी, ४ असार । नवलपरासी जिल्लाकै विकट कोटथर गाविसका चेसराम आलेमगर गाउँमा खुलेको सहकारी संस्थाबाट ऋण पाएपछि दङ्ग मात्र छैनन्, ऋण लिन बैँक धाउनुपर्ने र कमिसन दिनुपर्ने बाध्यताबाट मुक्ति पाएकामा खुशी देखिन्छन् ।
पहाडी क्षेत्र भनेर सरकारी बैंँकहरूले ऋण दिन गा¥हो मान्ने र दिइहाले पनि कमिसन नबुझाएसम्म ऋण नै नदिनेजस्ता कार्यबाट आजित भएका पहाडी क्षेत्रका बासिन्दा गाउँगाउँमा स्थापना भएका सहकारीले घरायसी खर्चको व्यवस्थापन गर्न सजिलो भएको देबचुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बाबुराम ठाडा मगरले बताउनुभयो ।
कोटथरमा स्थापना गरिएको देबचुली बचत तथा ऋण सहकारी संस्थामा ६०० भन्दा बढी सेयर सदस्य छन् । उनीहरूले रु ५० देखि माथि मासिकरूपमा बचत गर्दै आएका छन् । सरकारले प्रत्येक सहकारीलाई एक लाख दिने निर्णय गरेपछि सहकारी संस्थाहरू उत्साही भएको अध्यक्ष ठाडा मगर बताउनुहुन्छ ।
अध्यक्ष ठाडा मगरका अनुसार गरिब, असहाय, दलित, महिला, जनजाति, अपाङ्गलाई पहिलो प्रथमिकतामा ऋण प्रवाह गर्ने उद्देश्य राखेको सो संस्थाले करिब रु २० लाख ऋण प्रवाह गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
