बैंक तथा वित्तीय संस्थाहरुलाई सिआरआर बढाउन निर्देशन
काठमाडौं ४ असार । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको तेस्रो दिननै अनिवार्य नगद मौज्दात (सिआरआर) बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
शुक्रबार बाणिज्य बैंकका लागि एक प्रतिशत बिन्दुले सिआरआर बढाउने नीतिगत निर्णय गरेको राष्ट्र बैंकले आइतबार निर्देशन नै जारी गरेर कार्यान्वयन गर्न भनेको हो।
राष्ट्र बैंकले बाणिज्य बैंकहरुका लागि छ प्रतिशत, विकास बैंकहरुका लागि पाँच प्रतिशत र फाइनान्स कम्पनीहरुका लागि चार प्रतिशत सिआरआर कायम गर्न निर्देशन दिएको हो। मौद्रिक नीतिले बाणिज्य बैंकको एक प्रतिशत र विकास बैंकहरुको ०.५ प्रतिशत बिन्दुले सिआरआर बढाउने निर्णय गरेको थियो।
फाइनान्स कम्पनीहरुको भने यथावत नै राखिएको थियो। राष्ट्र बैंकले साउन ४ गतेको हस्तादेखि नै लागू हुने गरी सिआरआर कायम गर्न भनेको हो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
