२० कात्तिक २०८३, शुक्रबार

राष्ट्रपतिद्वारा पेश्की खर्च ऐन प्रमाणित

२०७१ साउन २, शुक्रबार
राष्ट्रपतिद्वारा पेश्की खर्च ऐन प्रमाणित

काठमाडौँ, २ साउन । राष्ट्रपति डा. रामवरण यादवद्वारा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८७ बमोजिम पेश्की खर्च ऐन, २०७१ प्रमाणीकरण भएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवासचन्द्र नेम्बाङले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र बाचन गर्दै राष्ट्रपतिले उक्त ऐन प्रमाणीकरण गर्नुभएको जानकारी दिए ।
अर्थमन्त्री डा. रामशरण महतले गत साउन ३२ गते व्यवस्थापिका–संसद्मा पेश्की खर्च विधेयक, २०७१ पेस  गरेका थिए ।
 

अभिलेख

लोकप्रिय