मुद्रास्फीति आठ प्रतिशत कायम राख्ने
काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले उपभोक्ता मुद्रास्फीति दरलाई वार्षिक औसत आठ प्रतिशत कायम राख्दै छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रमुख लक्ष्य राखेको छ ।
आर्थिक वर्ष २०७१÷७२ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले कम्तीमा आठ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने बताए । सरकारको आर्थिक वर्ष २०७१÷७२ को बजेट वक्तव्यमा उल्लिखित छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सघाउ पुर्याउन आवश्यक मौद्रिक तरलता व्यवस्थापन गर्नेे लक्ष्य मौद्रिक नीतिको रहेको बताए ।
मौद्रिक नीतिको कार्यदिशाअनुरूप मौद्रिक क्षेत्रबाट मूल्यमा चाप पर्न नदिन र परिलक्षित आर्थिक वृद्धिलाई सहयोग पुर्याउन मौद्रिक नीतिको अन्तरिम लक्ष्यका रूपमा विस्तृत मुद्राप्रदायको वृद्धिदरलाई १६ प्रतिशतको हाराहारीमा कायम राखिने गभर्नर डा खतिवडाले उल्लेख गरे । उनले आर्थिक वर्ष २०७१/७२ का लागि प्रक्षेपित आर्थिक वृद्धिदर तथा मुद्रास्फीति दरको आधारमा सिर्जना हुन सक्ने समग्र मागको अवस्थालाई दृष्टिगत गर्दा निजी क्षेत्रतर्फको कर्जा १८ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको बताए ।
गभर्नर डा खतिवडाले समावेशी आर्थिक विकास गर्न मौद्रिक नीतिले सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै अधिक तरलता, वित्तीय स्थायित्व कायम राख्ने र मूल्य स्थिरतालाई कायम राख्नका लागि मौद्रिक नीतिलाई कसिलो बनाइएको स्पष्ट पारे । मौद्रिक नीतिको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन बैंक तथा वित्तीय क्षेत्र, लघुवित्त र विदेशी विनिमयसम्बन्धी नीति तथा कार्यक्रम पनि आज सार्वजनिक मौद्रिक नीतिमा समावेश गरिएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
