१७ वैशाख २०८३, बिहिबार

३ कृषि सहकारी क्षेत्रीय स्तरमा उत्कृष्ट

२०७१ साउन २, शुक्रबार
३ कृषि सहकारी क्षेत्रीय स्तरमा उत्कृष्ट

म्याग्दी, ३ साउन । तीन वटा कृषि सहकारी क्षेत्रीय स्तरमा उत्कृष्ट सहकारीको पुरस्कार प्राप्त गरेका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयले ती सहकारीलाई कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि योगदान गरेकामा नगदसहित पुरस्कृत गरेको हो । रामपुर पाल्पाको विजयपुर कृषि सहकारी संस्थालाई ३० हजार, ताकम म्याग्दीको अन्नपूर्ण व्यावसायिक कृषि सहकारी संस्थालाई २३ हजार र गैँडाकोट नवलपरासीको विनायक कृषि सहकारी संस्थालाई १६ हजार नगदसहित उत्कृष्ट सहकारीका रूपमा पुरस्कृत गरिएको निर्देशनालयका सूचना अधिकारी केशव बरालले जानकारी दिए ।

विसं २०६५ मा स्थापना भएको अन्नपूर्ण व्यावसायिक सहकारी संस्थाले १५ लाख लगानी गरेर बीउ प्रशोधन गृह स्थापना गरेको छ । यसैगरी सामूहिक तरकारी, आलुखेती गर्नुका साथै कृषकलाई सहुलियत दरमा रु ५० लाख ऋण लगानी गरेको अध्यक्ष चिन्तामणि सुवेदीले बताए । सम्बन्धित जिल्लाका कृषि विकास कार्यालयले गरेको मूल्याङ्कन र सिफारिसका आधारमा क्षेत्रीय स्तरमा उत्कृष्ट सहकारीको रूपमा छनोट गरी पुरस्कृत गरिएको निर्देशनालयका सूचना अधिकारी बरालले बताए ।

अभिलेख

लोकप्रिय