२० कात्तिक २०८३, शुक्रबार

साना तथा घरेलु उद्योगमा करिब रु दुई अर्ब लगानी

२०७१ साउन १, बिहिबार
साना तथा घरेलु उद्योगमा करिब रु दुई अर्ब लगानी

बाँके, १ साउन । बाँके जिल्लामा सञ्चालित साना तथा घरेलु उद्योगमा करिब रु दुई अर्ब लगानी रहेको पाइएको छ । ती उद्योगमा एक हजार ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।यस जिल्लामा तीस वर्षको अवधिमा दुई हजार ३८५ उद्योग दर्ता भएका छन् । यसमा रु एक अर्ब ९८ करोड लगानी रहेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेले जनाएको छ ।
सो कार्यालयका प्रमुख उद्योग अधिकृत भूपेन्द्र सापकोटाका अनुसार जिल्लामा लगानी मैत्री वातावरण बन्दै गएकाले पछिल्लो समय साना उद्योगहरु खुल्ले क्रम बढेको हो । आर्थिक वर्ष २०६९÷७० मा मात्र २८५ र गत आर्थिक वर्षमा २०० उद्योग दर्ता भई सञ्चालनमा आएको उहाँले बताउनुभयो ।
दर्ता भएका अधिकांश उद्योग सञ्चालनमा आएको सो कार्यालयले जनाएको छ । जिल्लामा कृषि र सेवा उद्योगहरु धेरै खुलेका छन् भने ऊर्जा र खनिजजस्ता उद्योगहरुको स्थापनामा व्यवसायीहरुले चासो देखाएका छैनन् ।
घरेलुु तथा साना उद्योगमा व्यवसायीहरुले रु दुई लाखदेखि छ करोडसम्म लगानी गरेका छन् ।चार वर्षअघि रु पाँच लाखको लगानीमा एउटा राइस मिल सञ्चालन गर्नुभएका नेपालगन्ज–१ का रइस खाँले अहिले तीन वटा राइस मिल सञ्चालन गरिरहनुभएको छ ।

अभिलेख

लोकप्रिय