२० कात्तिक २०८३, शुक्रबार

कामना विकास बैंकको नाफा १० करोड

२०७१ साउन १, बिहिबार
कामना विकास बैंकको नाफा १० करोड

पोखरा, १ साउन ।पोखरामा  प्रधान कार्यालय रहेको कामना विकास बैंकले आव २०७०÷७१ को असार मसान्तसम्म रु १० करोड दुई लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
बैंकले सो अवधिमा कुल रु दुई अर्ब ६७ करोड निक्षेप सङ्कलन गरी सोही अवधिमा रु दुई अर्ब १० करोड कर्जा लगानी गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यका अनुसार अघिल्लो आवको तुलनामा बैंकले निक्षेपमा २७.५ र कर्जामा १६.५ प्रतिशतले वृद्धि गरेको छ । बैंकको अधिकृत पुँजी ६४ करोड, जारी पुँजी २३ करोड र चुक्ता पुँजी २३ करोड रहेको छ ।
बंैंकको खराब कर्जाको प्रतिशत अति नै न्यून अर्थात् ०.१६५ प्रतिशत रहेको छ । पोखरामा केन्द्रीय कार्यालय रही १० वटा जिल्लामा आफ्ना शाखा विस्तार गरी बैंकले वित्तीय कारोबार गर्दै आएको छ । बैंकले पोखरामै केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको ओम फाइनान्स लिमिटेडसँग गाभ्न सैद्धान्तिक सहमति जनाइसकेको छ ।

अभिलेख

लोकप्रिय