व्यवस्थित बन्दै सहकारीको कृषि बजार
काठमाडौं । नेपालमा पहिलोपटक ललितपुरमा संचालन भएको सहकारी कृषि बजार थप व्यवस्थित बन्दै गएको छ । ललितपुर स्थित प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था, ललितपुर र एकीकृत कृषि विकास सहकारी संस्था, मकवानपुरले संचालनमा ल्याएको यो बजारले किसान र उपभोक्ता बिचको सम्बन्धलाई नजिक ल्याउन अह्म भूमिका खेलेको छ ।
सहकारी अवधारणमा सञ्चालन भएको तरकारी बजारलाई अर्गानिक तरकारीको विक्रि केन्द्रको रुपमा विकास गर्ने लक्ष्य २ सहकारीले लिएका छन् सहकारीले किसानलाई अर्ग्यानीक तरकारी उत्पादनका लागि गाउँ गाउँमा गएर जनचेतना फैलाउने कामलाई समेत तिब्रता दिएको छ । अर्ग्यानीक तरकारी कम उत्पादन भएकाले हाल बजारमा यसको बिक्रि हुन सकेको छैन । बजारमा किसान र उपभोक्ताबीच सिधै सम्पर्क कायम हुने भएकाले मूल्यमा समेत निकै सस्तो पर्ने गरेको प्रतिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष माधव तिमिल्सिनाले बताए ।

१ सय ६५ स्टल रहेको बजार हाल ३० प्रतिशत बजार संचालनमा रहेको छन् । सो बजारमा बजारमा एक सय पसल स्टल रहेका छन् । दुई संस्था मिलेर ललितपुरको नख्खुमा जग्गा भाडामा लिएर बजार संचालन गरेको हो । बजारमा अर्गानिक तरकारी, फलफूल, माछामासुका लागि छुट्टाछुट्टै भवन निर्माण गरेको छ । किसान र सहकारीले उत्पादन गरेका वस्तुहरू बिक्रीवितरणको उचित प्रबन्ध गरेर व्यवासायिक रूपमा उत्पादकहरूलाई प्रोत्साहित गर्ने बजारको लक्ष्य छ । उपभोक्ताले उच्च गुणस्तर, उचित मूल्य र सही नापतौलका वस्तुहरू सहज ढंगले प्राप्त गर्ने अवस्था निर्माण गर्न सहकारी कृषि बजार सञ्चालनमा ल्याएर उत्पादक र उपभोक्ताको हितको लागि सहकारी सबैभन्दा महत्त्वपूर्ण प्रणाली रहेको प्रतिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष माधव तिमिल्सिनाले सहकारीखबरलाई बताए । सहकारीको पहलमा सञ्चालनमा आए पछि किसानहरुले पनि उचित मूल्य पाउन सफल भएको तिमिल्सिनाको दाबी छ ।

बजारमा मौसमी र बेमौसमी ताजा तरकारी तथा फलफूल, दूध र दूधजन्य पदार्थहरू, कृषकका उत्पादनहरू, माछा, मासु, अन्डा र सहकारीका अन्य उत्पादनहरू थोक तथा खुद्रा मूल्यमा बिक्रि वितरण हुदै आएको छ । दैनिक उपभोग्य वस्तुहरू ताजा तरकारी, फलफूल, दूध र कृषिजन्य वस्तुहरूमा हुने अस्वाभाविक बजार मूल्य नियन्त्रण गर्ने, ताजा तरकारी, फलफूल, दूध जस्ता अति संवेदनशील वस्तुहरूको गुणस्तर, मूल्य र नापतौलको सुनिश्चितता प्रदान गर्ने, सहकारी बजार प्रणालीको विकासका निमित्त अनुसन्धान र विकासको काम गर्ने, उपभोक्ताको स्वास्थ्य अनुकूल उत्पादन गर्न उत्पादक किसानलाई सचेत गरिने लक्ष्य बजारको छ । २ करोड भन्दा बढी लगानी रहेको तरकारी बजार गत वर्षबाट संचालनमा आएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
