२० कात्तिक २०८३, शुक्रबार

व्यवस्थित बन्दै सहकारीको कृषि बजार

२०७१ असार ३२, बुधबार
व्यवस्थित बन्दै सहकारीको कृषि बजार

काठमाडौं । नेपालमा पहिलोपटक ललितपुरमा संचालन भएको सहकारी कृषि बजार थप व्यवस्थित  बन्दै गएको छ ।  ललितपुर स्थित   प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था, ललितपुर र  एकीकृत कृषि विकास सहकारी संस्था, मकवानपुरले संचालनमा ल्याएको यो बजारले किसान र उपभोक्ता बिचको सम्बन्धलाई नजिक ल्याउन अह्म भूमिका खेलेको छ ।

सहकारी अवधारणमा सञ्चालन भएको तरकारी बजारलाई अर्गानिक तरकारीको विक्रि केन्द्रको रुपमा विकास गर्ने लक्ष्य २ सहकारीले लिएका छन्  सहकारीले किसानलाई अर्ग्यानीक तरकारी उत्पादनका लागि गाउँ गाउँमा गएर जनचेतना फैलाउने कामलाई समेत तिब्रता दिएको  छ । अर्ग्यानीक तरकारी कम उत्पादन भएकाले हाल बजारमा यसको बिक्रि हुन सकेको छैन । बजारमा किसान र उपभोक्ताबीच सिधै सम्पर्क कायम हुने भएकाले मूल्यमा समेत निकै सस्तो पर्ने गरेको  प्रतिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष माधव तिमिल्सिनाले बताए ।

Nakhkhu-Tarkari-bajar-1

१ सय ६५ स्टल रहेको  बजार हाल ३० प्रतिशत बजार संचालनमा रहेको छन् । सो बजारमा बजारमा  एक सय पसल स्टल रहेका छन् । दुई संस्था मिलेर ललितपुरको नख्खुमा जग्गा भाडामा लिएर बजार संचालन गरेको हो । बजारमा अर्गानिक तरकारी, फलफूल, माछामासुका लागि छुट्टाछुट्टै भवन निर्माण गरेको छ । किसान र सहकारीले उत्पादन गरेका वस्तुहरू बिक्रीवितरणको उचित प्रबन्ध गरेर व्यवासायिक रूपमा उत्पादकहरूलाई प्रोत्साहित गर्ने बजारको लक्ष्य छ । उपभोक्ताले उच्च गुणस्तर, उचित मूल्य र सही नापतौलका वस्तुहरू सहज ढंगले प्राप्त गर्ने अवस्था निर्माण गर्न सहकारी कृषि बजार सञ्चालनमा ल्याएर उत्पादक र उपभोक्ताको हितको लागि सहकारी सबैभन्दा महत्त्वपूर्ण प्रणाली रहेको प्रतिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष माधव तिमिल्सिनाले सहकारीखबरलाई बताए । सहकारीको पहलमा सञ्चालनमा आए पछि किसानहरुले पनि उचित मूल्य पाउन सफल भएको तिमिल्सिनाको दाबी छ ।

Nakhkhu-Tarkari-bajar-2

बजारमा मौसमी र बेमौसमी ताजा तरकारी तथा फलफूल, दूध र दूधजन्य पदार्थहरू, कृषकका उत्पादनहरू, माछा, मासु, अन्डा र सहकारीका अन्य उत्पादनहरू थोक तथा खुद्रा मूल्यमा बिक्रि वितरण हुदै आएको छ ।  दैनिक उपभोग्य वस्तुहरू ताजा तरकारी, फलफूल, दूध र कृषिजन्य वस्तुहरूमा हुने अस्वाभाविक बजार मूल्य नियन्त्रण गर्ने, ताजा तरकारी, फलफूल, दूध जस्ता अति संवेदनशील वस्तुहरूको गुणस्तर, मूल्य र नापतौलको सुनिश्चितता प्रदान गर्ने, सहकारी बजार प्रणालीको विकासका निमित्त अनुसन्धान र विकासको काम गर्ने, उपभोक्ताको स्वास्थ्य अनुकूल उत्पादन गर्न उत्पादक किसानलाई सचेत गरिने लक्ष्य बजारको छ । २ करोड भन्दा बढी लगानी रहेको तरकारी बजार गत वर्षबाट संचालनमा आएको हो ।

अभिलेख

लोकप्रिय