२० कात्तिक २०८३, शुक्रबार

लागनी कोषले ५० प्रतिसत बोनस सेयर दिने

२०७१ असार ३२, बुधबार
लागनी कोषले ५० प्रतिसत बोनस सेयर दिने

कोषले संचालन गरेका बिभिन्न कार्यक्रमहरु अघिल्लो बर्षको तुलनमा २०७० को असार मसान्तमा खुद कोष रकम ३० प्रतिसतले वृद्धि गरी ४२ अर्ब ४९ करोड रुपैया पुगेको छ । कोषले संचालन गरेको कर्मचारी वचत वृद्धि स्वीकृत अवकास कोष, नागरिक एकांक योजना, पेन्सन÷उपदान कोष योजना, लगानीकर्ता हिसाव योजना, बिमा कोष योजना गरी खुद कोष रकम ४२ अर्ब ४९ करोड ८३ लाख रुपैया पुगेको छ । चालु आब देखी संकलन गरिएको सैनिक बिमा कोष आयोजनामा २३ करोड २८ लाख रुपैया रकम जम्मा भएको छ ।

काठमाडौं ३२, असार । नागरिक लगानी कोषले सेयर धनीलाई ५० प्रतिसत बोनस सेयर दिने भएको छ । कोषको बुधबार सम्पन्न १९ औं वार्षिक साधारण सभाले बोनस दिने प्रस्ताव पारीत गरेपछि सेयरधनीले वोनस पाउने निश्चित भएको हो । त्यसैगरी कर प्रयोजनको लागी २ दशमलब ६३ प्रतिसत लाभांस दिने निर्णय पनि पास भएको छ । साधारण सभामा कोष संचालक समितीका अध्यक्ष तथा सूचना तथा संचार मन्त्रालयक सचिव सुमन प्रसाद शर्माले आब २०६९÷७० को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

सभामा कोषले गर्दै आएको बिबिध कार्यक्रमको बारेमा जानकारी गराइएको थियो । कोषले कर्मचारी ÷कामदारबाट बचत परिचालन गरी अधिकतम प्रतिफलको अवसर प्रदान गर्दै आएको छ । कोष २०४७ साल चैत ४ गते स्थापना भएको हो । कोषको चुक्ता पु“जी ४५ करोड रुपैया रहेको छ । २०७१ चैत मसान्त सम्ममा कोषको खुद कोष रकम ४६ अर्ब १ करोड ६५ लाख रुपैया पुगेको छ । कोषले बिभिन्न कार्यक्रमका सहभागीलाई कार्यक्रमको प्रकृति अनुसार ५ दशमबल ५ देखी ९ प्रतिसत सम्म प्रतिफल प्रदान गर्दे आईरहेको छ ।

कोषले नेपाल सरकारको क्रणपत्र, निश्चित ब्याजप्राप्त हुने साधन, समयकालिन कर्जा, संगठित संस्थाको सेयर धितोपत्र र सहभागी सापटी÷आवास कर्जा गरी २०७० असार मसान्त सम्ममा ३९ अर्ब ३७ करोड ६४ लाख रुपैंया लगानी गरेको छ । २०७१ चैत मसान्त सम्म यस्तो लगानी ४३ अर्ब ३९ करोड ७० लाख पुगेको छ । पुँजी बजारको बिकासमा स्थापना कालदेखीनै कोषले काम गर्दे आएको छ । कोषले २०७० असार मसान्त सम्ममा सेयर निस्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिस्टार सेवा र डिवेञ्चर ट्रस्टी गरी ६ अर्ब १० करोड ९९ लाख रुपैयाको कारोवार गरेको छ । मर्चेन्ट बैकिङ कारोवार अन्तर्गत ०७० असार मसान्त सम्ममा २ अर्ब ४४ करोड ९० लाखको साधारण तथा हकप्रद सेयर निस्कासनको काम सम्पन्न गरिसकेको छ । त्यसैगरी ०७०÷७१ चैत मसान्त सम्ममा ९३ करोड ५४ लाखको साधारण तथा हकप्रद सेयर निस्कासन गरीसकेको छ ।

अभिलेख

लोकप्रिय