२० कात्तिक २०८३, शुक्रबार

“बढ्दो व्यापार घाटा कम गर्न व्यावसायिक कफी खेतीको प्रवद्र्धन आवश्यक”

२०७१ असार ३२, बुधबार
“बढ्दो व्यापार घाटा कम गर्न व्यावसायिक कफी खेतीको प्रवद्र्धन आवश्यक”

काठमाडौ,३२ असार । पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न व्यावसायिक कफी खेतीको प्रवद्र्धन आवश्यक भएको बताएका छन् । सिन्धुपाल्चोकको सुकुटेमा नव निर्मित कफी प्रशोधन तथा भण्डारण केन्द्रको उद्घाटन गर्दै कोइरालाले नेपालमा उत्पादित अर्गानिक कफीले अन्तर्राष्ट्रिय ख्याती पाएको सन्दर्भमा यसको व्यावसायिक क्षमतामा वृद्धि गर्नु आवश्यक रहेको बताए ।
1
कफी किन्नेहरु विदेशबाट घर दैलोमै आएका छन् । कफी खेतीका लागि भौगोलिक अनुकूलता छ । जनताको जीवनस्तर उठाउन निर्वाहमुखीबाट व्यावसायिक खेती गर्नुको विकल्प छैन् , पूर्वमन्त्री कोइरालाले भन्नुभयो– ‘कफीभित्र हरियो डलर छ । यसलाई पाखा भित्ता कान्लोमा लगाएर अभियान थालिनु पर्छ ।’सरकारले कृषि क्षेत्रको आधुनिकीकरण व्यावसायिक खेतीका लागि थुप्रै सहुलियत दिने गरेको बताउँदै त्यसको प्रतिफल घरदैलोमा पुर्याउन सहकारी अभियान सफल हुने विश्वास व्यक्त  गरे ।
22
कृषि व्यावसायिक तथा व्यापार आयोजना (प्याक्ट) का सञ्चार अधिकृत राजेन्द्र यादवले कृषकहरुको व्यावसायिक दक्षता वृद्धि गर्न सरकार योजनावद्ध ढंगमा अघि बढिरहेको बताउनुभयो । कफी विज्ञ प्रचण्डमान श्रेष्ठले कफी खेतीप्रति सरकारको स्पष्ट नीति नभएका कारण यसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको  बताए ।
सिन्धुपाल्चोकका ३४ वटा गाविसको १२० हेक्टर क्षेत्रफलमा कफी खेती लगाइएको छ । जहाँ २२ सय घरधुरी कृषक कफी खेतीमा संलग्न छन् । सिन्धुपाल्चोकमा वर्षेनी उत्पादन हुने १२ टन कफी कोरिया निकासी हुने गरेको छ । उत्पादकहरुले ५ वर्षभित्र उत्पादन बढाएर ५० मेट्रिक टन पुर्याउने लक्ष्य राखेका छन् ।  ‘छहारीमुनि कफीको बोट, तीन वर्षभित्र नोटै नोट’ नाराकासाथ विगत एक दशकदेखि सिन्धुपाल्चोकमा व्यावसायिक कफी खेती गरिदै आएको छ ।

अभिलेख

लोकप्रिय