२० कात्तिक २०८३, शुक्रबार

बजेट कार्यन्वयनबारे मिश्रित प्रतिक्रिया

२०७१ असार ३२, बुधबार
बजेट कार्यन्वयनबारे मिश्रित प्रतिक्रिया

काठमाडौं, ३२ असार । बजेट कार्यन्वयन बारे विभिन्न टिका टिप्पनी भईरहेका बेला पूर्वअर्थमन्त्री तथा अर्थविदहरुले बजेट कार्यन्वयन बारेमा मिश्रित प्रतिक्रिया जनाएका छन् ।

राजधानीमा आयोजित ‘बजेट कार्यन्वयनको पक्ष’ कार्यक्रममा  पूवअर्थमन्त्री शंकरप्रसाद कोइरलाले पहिलेको जस्तो अहिलेको अवस्था नभई निर्वाचित सरकार र अर्थतन्त्रलाई अगाडी बढाउने दलहरु सरकारमा भएकाले यसको कार्यन्वयनमा आफु आशावादी रहेको बताए ।

सरकारले नीतिगत सुधारका लागि प्रयाप्त प्रतिवद्धता गरेको भन्दै यो सकरात्मक भएको बताए  । ‘बीस बर्ष अघि बनेको ऐन कानुनमा अर्थतन्त्र चलिरहेको अवस्थामा नयाँ नीति ल्याउनु सकरात्मक हो,’ कोइरालाले भने । सरकारले तीन वर्ष भित्र लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता ठिकै भएको भन्दै उनले अब छिट्टै साढे  एघार सयको आयोजना बनिरहेकोले यो पुरा हुन सक्ने आशा व्यक्त गरे ।

पूर्व अर्थसचीव समेत रहेका कोइरालले आफुलाई बजेटको कार्यन्वयनको पिडा  राम्रो सँग थाहा भएको बताउँदै एउटै अर्थमन्त्रीले ६ वटा सम्म बजेट ल्याउन सक्ने वातावरण भएमा यसको कार्यन्वयन सहज रुपमा हुने बताए । कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार समेत रहेका अर्थविद डा. चिरिञ्जीवी नेपालले  दलहरु सरकारमा हुँदा एउटा धारणा र बाहिर हुँदा अर्को धारणा आउने गरेको भन्दै यसले समस्या सिर्जना गरेको बताए ।  साउन १ गतेनै अख्तियारी दिदा पनि समयमै कार्यक्रम कार्यन्वयन हुन नसकेको भन्दै अझै पनि अर्थतन्त्रमा विकृति भएको बताए । ‘यसको मुख्य कारण पैसा भण्डार गरेर बस्नु पनि हो,’ नेपालले भने ।

बजेटको व्यवस्थापनको लागि  वित्तिय कानु परिर्माजन  गरेर कार्यन्वयन गर्ने सरकारको योजना रहेको उनले  बताए । आयोजनाको कार्यन्वयनमा अबरोध गर्नेलाई तुरुन्तै कारबाही गर्ने, खुल्ला बजार अर्थतन्त्रलाई आत्मसाथ गर्न सक्ने कानुन नआएको भन्दै  यसले गर्दा आएको लागनी समेत भाग्ने अवस्था भएको जानकारी दिए । ‘अबको सरकारले यी कुरालाई ल्याउँछु भनेकाले अव बजेट कार्यन्वयनमा आउँछ भन्नेमा आशावादी छु,’ नेपालले भने ।

कार्यक्रममा राष्ट्रिय व्यापार संघका अध्यक्ष नयण वहादुर पण्डित क्षेत्रीले आफुहरुले सरकारलाई बजेट बनाउँदा केही सुझापहरु दिए पनि ती सुझावलाई बजेटमा समावेश नगरेको गुणासो गरे । उनले आफुहरु सधै आयातित व्यापार गर्न इच्छुक नभएको भन्दै आयातित वस्तुको भन्सार मुल्याङ्कण बढाइएकोमा दुखेसो पोखे । उनले आफुहरु जस्तो सानो व्यवसायीहरुसँग कुनै पनि परामर्श नगरी आयातित वस्तुको भन्सारमा ६ गुुणा वृद्धि गरेको भन्दै यसले वस्तु आयातमा असर पुगेको बताए ।

अभिलेख

लोकप्रिय