महिला सहकारीको दर्ता खारेज
धादिङ, ३१ असार । धादिङ जिल्लामा रहेको पहिलो महिला सहकारीको दर्ता खारेज भएको छ । श्रृजना महिला बचत तथा ऋण सहकारी संस्थलाई डिभिजन सहकारी कार्यालयले खारेज गरेको हो । सहकारीको मान्यता अनुसार संचालन हुन नसकेपछि जिल्लाको पहिलो महिला सहकारीलाई पटक पटक डिभिजन सहकारी कार्यालयले सचेत गराउँदै आएको थियो ।
तीन बर्ष अघिदेखि सञ्चालक समितिको बैठकसमेत नबसेको, बचत तथा ऋणको कुनै कारोवारसमेत गर्न छाडेको पाईएपछि सहकारी ऐन २०४८ को दफा ४१ वमोजिम खारेजी प्रक्रिया अघि बढाएरसंस्थाको दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक महेश्वर ढकालले जानकारी दिए।
संस्था स्थापना गर्दाका अधिकांश महिला सदस्यहरु गाउँ छाडेर वाहिर जानुका साथै गाविसमा ठुला लगानीका सहकारी संस्थाहरु स्थापना भएपछि महिला सहकारी चल्न नसकेको खारेजीमा परेको सहकारी संस्थाका अध्यक्ष करुणाकुमारी थापा मगरको भनाई छ । डिभिजन सहकारीले यो बर्ष श्रृजनशिल महिला बचत तथा ऋण सहकारी सहित आठ वटा सहकारी संस्थाको दर्ता खारेजी भएको जानकारी दिएको छ ।
धादिङ जिल्लामा सहकारीमा महिलाहरुको सहभागिता र आफ्नै व्यवस्थापनमा संचालन गर्ने कार्य २०५२ सालवाट सुरु भएको र अहिलेसम्म विभिन्न प्रकारका गरी ८० वटा सहकारी महिलाले मात्र संचालन गरिरहेको डिभिजन सहकारी अधिकृत कृष्णवहादुर वोहोराले बताए ।
महिलाको सहधभागितामा स्थापना भएको पहिलो सहकारी मात्रै होइन गैर सरकारी संस्थामार्फत जिल्लामा स्थापना गरिएका सहकारी संस्थाहरु पनि धमाधम खारेजीमा पर्दै जान थालेको छन । समग्र विकास सेवा केन्द्र नामक गैर सरकारी संस्था मार्फत २०५४ देखि २०५७ अवधिमा धादिङमा दर्ता गरिएका ९ वटा स्वावलम्वन सहकारी संस्थाहरु मध्ये अव २ वटा मात्र संचालन रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार