सहकारीलाई १ अर्ब १३ करोड
काठमाडौ ३१ असार । सरकारले आगामि आर्थिक बर्षका लागि सहकारीलाई १ अर्ब १३ करोड ९२ लाख ८८ हजार रुपैयाँ छुट्याएको छ । अघिल्लो आर्थिक बर्षमा सहकारीलाई ९६ करोड रुपैयाँ छुट्याएको थियो ।
सरकारले सहकारी मन्त्रालयका लागि बजेट मार्फत अघिल्लो आर्थिक बर्षको तुलनामा बजेट केही बढाएको हो । सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार मन्त्रालयलाई १५ करोड ५७ लाख ७३ हजार, सहकारी विभागलाई १ करोड ४२ लाख ४२ हजार, सहकारी विकास बोर्डलाई ६ करोड र डिभिजन सहकारी कार्यालयलाई १७ करोड ३२ लाख ७३ हजार रुपैयाँ छुट्याएको छ ।
यस्तै प्रशिक्षण केन्द्रको लागि ५ करोड ५८ लाख ७५ हजार रहेको मन्त्रालयले जनाएको छ । यस्तै सहकारी सहकारी सुदृणिकरण आयोजनाका लागि १७ करोड ४५ लाख ११ हजार र पश्चिम उच्च पहाडी गरिबी निवारण कार्यक्रमका लागि ५० करोड ५६ लाख ४६ हजार छुट्याएको छ । यस्तै सहकारी संघ संस्थाहरुलाई अनुदानका लागि ५ करोड रुपैयाँ छुट्याइएको बताइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार