२० कात्तिक २०८३, शुक्रबार

इ–ग्रन्थालय पुस्तकालय संचालनमा

२०७१ असार ३०, सोमबार
इ–ग्रन्थालय पुस्तकालय संचालनमा

काठमाडौं । नेपाल–भारत पुस्तकालयमा इ–ग्रन्थालय पुस्तकालय संचालनमा आएको छ । एक समारोहकाबीच इ–ग्रन्थालयको उद्घाटन नेपालका लागि भारतीय राजदूत रणजीत रायले आइतबार उद्घाटन गरे ।

इ–ग्रन्थालयको माध्यमबाट आन्तरिक क्रियाकलापको साथै प्रयोगकर्ता सेवाहरु समेत स्वचालित गर्न सकिने जनाएको छ । अब सदस्य, प्रयोगकर्ता तथा आम पाठकहरुले नेपाल–भारत पुस्तकालयमा रहेका पुस्तकहरु प्रकाशक वा लेखकको नामबाट खोज्न सक्ने भएका छन् ।

कार्यक्रममा सहभागीहरूले करिव ६५ वर्षदेखि नेपाल–भारत पुस्तकालयले पाठकलाई उल्लेख्य सेवा दिँदै आए पनि अध्ययन हल साँघुरो पर्दै गएकोमा राजदूत रायको ध्यानाकर्षण गराएका थिए ।

पुस्तकालयको स्तरोन्नतीमा आफू सकारात्मक रहेको राजदूत रायले बताए । सन १९५० देखि नेपाल–भारत सांस्कृतिक केन्द्रका रूपमा संचालनमा आएको नेपाल–भारत पुस्तकालय सन १९५१ मा स्थापना भएको हो ।

अभिलेख

लोकप्रिय