आज बजेटः कस्ता आउदै छन सहकारीका कार्यक्रम
काठमाडौ, २९ असार । सरकारले आउँदो आर्थिक बर्ष २०७१/७२ को बजेट आज सार्वजनिक गर्दै छ। ठुला पुर्वाधार परियोजनाहरुमा लगानी विस्तार गर्ने गरि ६ खर्ब रुपैयाँ माथिको बजेट ल्याउने तयारी अर्थमन्त्रालयले गरेको छ । सहकारी क्षेत्रमा भने खासै कार्यक्रम नआउने निश्चीत जस्तै भएको छ । उत्पादनमा आधारित सहकारीलाई महत्वका साथ बजेटले सहकारीलाई समेट्ने स्रोतको भनाई छ ।
छुट्टै सहकारी मन्त्रालय गठन भए पनि खासै नयाँ योजना नल्याएको र सहकारी आन्दोलनका अगुवाहरुले पनि पुरानै कार्यक्रमलाई निरन्तरता दिन जोड दिएकाले यो बर्ष सहकारीले आशा गरे अनुरुपको बजेट भने आउने छैन । ठूला सहकारीको अनुगमन र नियमनलाई बजेटले भने स्थान पाउने बताइएको छ ।
कृषिमा युवालाई अाकर्षित गर्न बजेटले विषेश अनुदान कार्यक्रम घाेषणा गर्ने भएकाे छ । कृषि मल र विउमा उच्च अनुदान दिनुका अलावा सरकारी स्वामित्वका राष्ट्रिय बाणिज्य र कृषि विकास बैंकबाट खेती गर्न ऋण लिने युवालाई ब्याजमा सहुलियत दिने कार्यक्रम अाउन लागेकाे हाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
