२० कात्तिक २०८३, शुक्रबार

आज बजेटः कस्ता आउदै छन सहकारीका कार्यक्रम

२०७१ असार २९, आईतवार
आज बजेटः कस्ता आउदै छन सहकारीका कार्यक्रम

काठमाडौ, २९ असार । सरकारले आउँदो आर्थिक बर्ष २०७१/७२ को बजेट आज सार्वजनिक गर्दै छ। ठुला पुर्वाधार परियोजनाहरुमा लगानी विस्तार गर्ने गरि ६ खर्ब रुपैयाँ माथिको बजेट ल्याउने तयारी अर्थमन्त्रालयले गरेको  छ । सहकारी क्षेत्रमा भने खासै कार्यक्रम नआउने निश्चीत जस्तै भएको छ ।  उत्पादनमा आधारित सहकारीलाई महत्वका साथ बजेटले सहकारीलाई समेट्ने  स्रोतको भनाई छ ।
छुट्टै सहकारी मन्त्रालय गठन भए पनि खासै नयाँ योजना नल्याएको र सहकारी आन्दोलनका अगुवाहरुले पनि पुरानै कार्यक्रमलाई निरन्तरता दिन जोड दिएकाले यो बर्ष सहकारीले आशा गरे अनुरुपको बजेट भने आउने छैन । ठूला सहकारीको अनुगमन र नियमनलाई बजेटले भने स्थान पाउने बताइएको छ ।
कृषिमा युवालाई अाकर्षित गर्न बजेटले विषेश अनुदान कार्यक्रम घाेषणा गर्ने भएकाे छ । कृषि मल र विउमा उच्च अनुदान दिनुका अलावा सरकारी स्वामित्वका राष्ट्रिय बाणिज्य र कृषि विकास बैंकबाट खेती गर्न ऋण लिने युवालाई ब्याजमा सहुलियत दिने कार्यक्रम अाउन लागेकाे हाे ।

अभिलेख

लोकप्रिय