२० कात्तिक २०८३, शुक्रबार

विश्व बैंकले नेपाललाई ६ अर्ब ९४ करोड दिने

२०७१ असार २८, शनिवार
विश्व बैंकले नेपाललाई ६ अर्ब ९४ करोड दिने

काठमाडौं, २७ असार । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संगठन आइडिएले नेपालमा ग्रामीण खानेपानी तथा सरसफाइ सुधार परियोजना कार्यान्वयन गर्न ६ अर्ब ९४ करोड प्रदान गर्ने भएको छ ।
आइडिएले प्रदान गर्ने रकममध्ये चार अर्ब ८२ करोड ऋण हो भने दुई अर्ब १२ करोड रुपैयाँ अनुदान हो । आगामी पाँच वर्षका लागि प्रदान गरिने यो रकम देशका २४ लाख जनसंख्यालाई खानेपानी र सरसफाइ सेवा उपलब्ध गराउन तथा चारसय गाउँ विकास समितिलाई खुला दिसामुक्त गाविसमा रूपान्तरण गर्न खर्च गरिने छ ।
ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा भएको कार्यक्रममा विश्व बैंकका निमित्त प्रमुख विज्ञान प्रधान र अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरे।

अभिलेख

लोकप्रिय