२० कात्तिक २०८३, शुक्रबार

भारतीय दुतावासको सहयोगमा क्याम्पस भवन

२०७१ असार २७, शुक्रबार
भारतीय दुतावासको सहयोगमा क्याम्पस भवन

इलाम । भारतीय राजदूतावासको सहयोगमा निर्मित महेन्द्ररत्न बहुमुखी क्याम्पस भवनको नेपालका लागि भारतीय राजदूत रणजित रायले बुधबार उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै राजदूत रायले नेपालको विकासका लागि जलविद्युत् आयोजना, पर्यटन र कृषिमा लगानी आवश्यक गर्न आफू तत्पर रहेको बताए । नेपाल र भारतबीच लामो तथा प्रगाढ सम्बन्ध रहेको स्मरण गर्दै उनले यो सम्बन्धलाई अझै प्रगाढ बनाउने दायित्व नेपाल र भारतको सीमा क्षेत्रमा बस्ने नागरिकको रहेको धारणा राखे । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष इन्द्रदेव ठाकुरले नवनिर्मित भवनमा हर्टिकल्चर र फ्लोरिकल्चरको अध्यापन सुरु गरिएको जानकारी दिए । समारोहमा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, स्थानीय विकास अधिकारी मदन कोइरालाले इलाममा भारतीय दूतावासद्वारा धेरै सहयोग प्राप्त भएको र आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गरे ।

दूतावासको तीन करोड ६२ लाख १६ हजारको लागतमा तीनतला भएको २१ कोठा रहेका छन् । दूतावासको सहयोगमा इलाममा मरब क्याम्पस भवन, शीत भण्डार र करफोकमा विद्यालय भवन निर्माण सम्पन्न भइसकेका छन् ।

अभिलेख

लोकप्रिय