ओरेन्टल पीडितद्धारा सिंहदरबार घेराउ
काठमाडौं, २७ असार । ओरेन्टल सहकारीका पीडितहरुले आफ्ना समस्या समाधन गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले सिंहदरबारअगाडि धर्ना दिएका छन् । शुक्रबार सहकारीपीडितहरुले हनुमानस्थान मन्दिरअगाडि धर्ना दिएका हुन् ।
राज्यप्रति आक्रोशित हुँदै सहकारीपीडितहरुले दुई वर्षसम्म सरकारले आफ्नो समस्या समाधान गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश पोख्न थालेका छन् । वचत तथा ऋण सहकारी संस्थाहरुमा देखिएको समस्या समाधानका लागी गठन भएको जाँचवुझ आयोगले आफ्नो प्रतिवेदन कार्यन्वयन गरिनु पर्ने समेत उनिहरुकाे माग छ । छानविन आयोगले सम्पति व्यवस्थापन समिति गठन गरि वचतकर्ताको वचत रकम फिर्ता दिन पहल गर्नुपर्ने सुझाव दिएपनि कुनै पनि सरकारी निकायले समिति गठनका लागी प्रक्रिया अगाडि नवढाएको पिडितहरुको गुनासो छ ।
सहकारी पिडितहरुले आन्दोलनलाई व्यवस्थित गर्नका लागी व्यवस्थापन समिति गठन गरेर बिरोधका कार्यक्रम गरिरहेका छन् । ओरेन्टल सहकारीका वचतकर्ता खगेन्द्र काफ्लेको अध्यक्षतामा २५ सदस्य समिति वनाएर पिडित वचतकर्ताहरुले आन्दोलन गरिरहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार