काठमाडौँका सहकारीमा ९७ अर्ब निक्षेप
काठमाडौँ, २७ असार ।काठमाडौँ जिल्लाका सहकारीमा मात्रै ९७ अर्ब निक्षेप रहेको डिभिजन सहकारी कार्यालय काठमाडाैले जनाएको छ । करिब तीन लाख ८० हजार व्यक्ति सहकारीमा आबद्ध रहेको, १७ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको र आबद्ध सदस्यहरूबाट करिब १२ अर्ब पुँजी र ७६ अर्ब लगानी रहेको अनुमान कार्यलयको छ ।
काठमाडौँ जिल्लामा तीन हजार ६२ वटा बचत तथा ऋण सहकारी संस्था, ३६७ बहुउद्देश्यीय सहकारी संस्था, कृषि १००, दुग्ध २७, उपभोक्ता ३१, स्वास्थ्य २४, शिक्षा पाँच, सञ्चार सात, सीपमूलक नौ, चिया एक, हाइड्रो दुई, मौरीपालन एक, यातायात एक, छापाखाना ११ र अन्य ३० वटा सहकारी संस्था रहेका छन् ।
सहकारी संस्थाहरूले आफ्नै सदस्यहरूबीच मात्र कारोबार गर्नुपर्ने प्रावधान रहे पनि कुनै कुनै सहकारी संस्थाले सदस्य नै नभएका व्यक्तिहरूसँग कारोबार गरिएका कारण केही सहकारी संस्थाहरूमा समस्या उत्पन्न भएको देखिन्छ ।
खारेज भएका सहकारी संस्थाहरूको सम्पत्ति के कति छ र दायित्व कति रहेको छ भन्नेबारे यकिन थाहा नभए पनि भएको सम्पत्ति बिक्री वितरण गरी सदस्यहरूलाई दिनुपर्ने भुक्तानी दिनसमेत सहकारी संस्थाका सञ्चालकहरूलाई आवश्यक निर्देशन दिएको डिभिजन कार्यालयका प्रमुख बलराम निरौलाले जानकारी दिए ।
सहकारी संस्थाहरू स्वायत्त निकाय भएकाले सदस्य स्वयम् सक्रियताका साथ लाग्नुपर्ने, सदस्यहरूकै नियन्त्रणमा संस्था हुनुपर्ने, सदस्यलाई विभेद गर्न नहुने, सदस्यहरूबीच मात्र कारोबार हुनुपर्ने प्रमुख निरौलाको सुझाव थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
