१७ वैशाख २०८३, बिहिबार

निक्षेप फिर्ता माग्दै राष्ट्रपति कार्यालयमा धर्ना

२०७१ असार २६, बिहिबार
निक्षेप फिर्ता माग्दै  राष्ट्रपति कार्यालयमा धर्ना

काठमाडौं,  २६ असार  । अोरियन्टेल सहकारीपीडितहरुले आज मा राष्ट्रपति कार्यालयमा धर्ना दिएका छन् । सहकारीको समस्याप्रति राज्य उदासिन भएको भन्दै समस्याप्रति ध्यानाकर्षण गराउन भन्दै धर्ना दिएका हुन ।
राज्यप्रति आक्रोशित हुँदै सहकारीपीडितहरुले दुई वर्षसम्म सरकारले आफ्नो समस्या समाधान गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश पोख्न थालेका छन् ।
सरकारले आफ्नो निक्षेप फिर्ताका लागि सरकारले कुनै चासो नदेखाएको भन्दै  शक्ती केन्द्रहरुमा धर्ना दिन थालेका हुन । बचत तथा ऋणको कारोबार गर्ने सहकारी समस्याग्रस्त सहकारीको छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन दिए अनुरुप सरकारले काम गर्न नसकेको भन्दै आन्दोलन थालेका हुन् ।

अभिलेख

लोकप्रिय