२० कात्तिक २०८३, शुक्रबार

सहकारी : साझा चौतारी

२०७१ असार २५, बुधबार
सहकारी : साझा चौतारी

 ( गजल )
-विष्णुहरि पौडेल
नारी पुरुष हाराहारी सबैको  हक बराबरी ।
आफ्नो साझा हितको लागि जुट्ने ठाउँ हो सहकारी ।।
आफ्नो गास कटाएर थोरै पैसा बचाएर ।
शीत उवाई घैला भर्दै उठ्ने नाउँ हो सहकारी ।।
सगोलको बचतलाई पालो पेंचो मिलाएर ।
इलम गर्ने उद्यमीको सानो गाउँ हो सहकारी ।।
अर्काको मुख नताकेर आफ्नो खाँचो आफै टार्ने ।
सुस्केराको सागर पारी तार्ने नाउ हो सहकारी ।।
आफ्नो बारी आफै रोप्ने आफ्नो भग्य आफै खोप्ने ।
हुन्नन् बिचौलिया, पसीनाको भाउ हो सहकारी ।।
विष लागेको बेर्ना छाँटौं  छलछामको जरो मासौं ।
गरीबीलाई छप्काउने  तिखो दाउ हो सहकारी ।।
हातेमालो गरी उठौं, स्वावलम्वी हात उठाऊँ ।
तेस्रो खम्बा साहसिलो हात पाउ हो सहकारी ।।
नारी पुरुष हाराहारी ***

-विष्णुहरि पौडेलको फेसबुकबाट

अभिलेख

लोकप्रिय