राष्ट्रिय सहकारी बैंक सहकारीको केन्द्रीय बैंक बन्नुपर्ने सुझाव
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १२औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्ने हुने अधिकांश वक्ताले बहुउद्देश्यीय बचत तथा ऋण सहकारीको वृद्धि विकास र व्यवस्थापनका लागि राष्ट्रिय सहकारी बैंकले केन्द्रीय बैंकको भूमिका निभाउनुपर्नेमा जोड दिएका हुने ।
काठमाडाँै, २५ असार । राष्ट्रिय सहकारी बैंक लिमिटेड सहकारीहरुको हितका लागि अब केन्द्रीय बैंक बन्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष एवम् सभासद् केशव वडालले सहकारीले मुलुकको आर्थिक सामाजिक क्षेत्रमा गरेको योगदानलाई राज्यले कम आँकलन गरेको गुनासो गर्नुहँुदै केही सीमित सहकारीको गलत कार्यलाई देखाएर बहुसङ्ख्यक सहकारीको मूल्याङ्कन गर्न नहुने बताए ।

राष्ट्रिय सहकारी स३का सञ्चालक एवम् सभासद् ओमदेवी मल्लले बैंकले सहकारीका लागि केन्द्रीय बैंकसँगै अविभावकको समेत भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुहुँदै सबैले आफ्नो सहकारीलाई असल बनाएर यस क्षेत्रमा लागेको आरोप हटाउनुपर्ने बताइन् ।
कार्यक्रममा सहकारी विभागका रजिष्टार विष्णुहरि पौडेलले सहकारीले आफ्नो लगानी सदुपयोग गरेर आफँै समीक्षा गर्ने संस्कृतिको विकास गर्न सकेमा विभागले हस्तक्षेपकारी भूमिका खेल्नु नपर्ने बताए ।
युवा तथा स्वरोजगार कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंले सहकारीको पुँजी उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने बताउनुहँुदै मुलुकभर शाखा विस्तार गरी सेवा पुर्याउन सुझाव दिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका लघुवित्त शाखाका प्रमुख सुरेशचन्द्र लुर्इंटेल, राष्ट्रिय सहकारी विकास बोर्डका निर्देशक कृष्ण दाहाल, मौरीपालन सहकारीका अध्यक्ष गणेश भट्टराई, नेफ्स्कुनका पुर्व अध्यक्षय मीनराज कँडेल र सहकारी बैककी सत्न्चालक सरिता भट्टराई एवम् उपमहाप्रबन्धक बद्रीकुमार गुरागार्इंलगायतले बोलेका थिए ।
मुलुकभर ३३ शाखामार्फत सेवा पुर्याउँदै आएको बैंकका सात हजार सहकारी सदस्य रहेको र दुई हजार सहकारीमार्फत रु पाँच अर्बभन्दा बढी कर्जा वितरण गरिसकेको कार्यक्रममा जानकारी गराइएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार