२० कात्तिक २०८३, शुक्रबार

हेटौँडाका ६० सहकारीको अनुगमन

२०७१ असार २४, मङ्गलबार
हेटौँडाका ६० सहकारीको अनुगमन

हेटौँडा, २४ असार । डिभिजन सहकारी कार्यालय मकवानपुरले हेटाँैडा नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका १५१ वटा बचत तथा ऋण सहकारी संस्थामध्ये ६० वटा सहकारी संस्थाको अनुगमन सम्पन्न गरेको छ ।

सो कार्यालयले जिल्लामा नियमित सञ्चालनमा नरहेका ३६ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । मकवानपुरमा अहिले ५७२ वटा सहकारी संस्था दर्ता भएकामध्ये ४७० वटा सहकारी संस्था नियमित सञ्चालित छन् । अनुगमन गरिएको ती सहकारी संस्थामध्ये २५ वटा सहकारी संस्थाको दैनिक आर्थिक कारोबार, ऋण लगानी पारदर्शी नहुनुका साथै लेखापरीक्षण नगरिएकाले ती संस्थालाई कार्यालयमा बोलाई सजग गराइएको सो कार्यालयका प्रमुख भीम परियारले बताए ।

अभिलेख

लोकप्रिय