छुट्टै ऐनको अर्थहिन वहस
डिल्ली सापकोटा । निम्नवर्गहरुको आर्थिक अवस्था बृद्धि गर्ने हिसाबले सुरुवात भएको सहकारीले अकर्षण संगै विकृति समेत पैदा गरेको छ । यो क्षेत्रमा जति आकर्षण बढ्दैछ यसको दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ । वित्तिय कारोबार गर्ने सहकारीलाई ठग्ने नियतले स्थापना भएको भन्ने आम सर्वसाधारणले बुझ्न थालेका छन् । सहकारीको प्रयोग कसैले भै परि आउने गर्जो टार्नका लागि स्थापना गरेका छन् त कसैले कालो धन सेतो बनाउन । केहीले सहकारीलाई सदुपयोग भन्दा दुरुपयोग गर्ने अग्रसर देखिएका छन् ।
यसको अग्रपंक्तीमा काठमाडौका केही सहकारी देखिएका छन् । जुन समस्या ग्रस्त सहकारीको छानबीन गर्न गठित आयोगले दोषी समेत ठहर गरेको छ ।तर दोषी ठहर गरे पनि सजाय के दिने राज्य मौन छ । सहकारी प्रबद्र्धनका लागि खुलेका संघहरु आफ्नै डम्फु बजाउन ब्यस्त छन् । अहिलेको मुल समस्या भनेको सहकारी ऐन कम्जोर हुनु र यसमा भएका व्यवस्थाले ठूलो बदमासी गर्नेलाई छुइ पनि नहुनु हो । राज्यले कानुन बनाउने , समय अनुसार परिमार्जन गर्ने र प्रवद्र्धनका लागि वातावरण निर्माण गर्ने कार्य हो । तर यहाँ ठिक उल्टो हुन खोजी रहेको छ ।
सहकारीहरुको ऐन आवश्यक रहेको बेला बचत तथा ऋण सहकारी संस्थाहरुको मात्रै ऐनको ल्याउन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कून क्रियशिल देखिन्छ । सहकारी ऐन ल्याउने भनेर डम्फु ठोकेको पनि उस्ले झन्डै चार बर्ष भयो होला ।
समग्र सहकारीहरुलाई समेट्ने गरी ऐन ल्याए हुँदैन ? किन बचत तथा ऋणको छुट्टै चाहियो ? भोली कृषि, साना किसान, दुग्ध, तरकारी तथा फलफूल, चिया, कफी, जुनार, बहुउद्देश्यीय, संचार, जलविधुत, मह, उखु, उपभोक्ता, माछा लगायतका संघ छुट्टा छुट्टै ऐन ल्याउने ? कृषिका नाममा खोलिएको दर्जनौ सहकारीका ऐन छुट्टै बने भने भोली बिषय पिच्छेका सहकारी संघ र सस्थाहरुको दर्ता, नियमन र अनुगमनका लागि बेग्ला बेग्लै निकाय गठन गर्नु पर्ने अबस्था नआउला की आउला ?
मुल कुरा त संघहरुको काम भनेको आफुसंग आबद्ध सहकारी संस्थाको हितमा सरकारसंग समन्वयकारी भूमिका निर्वाह गर्ने र समस्या समाधानका लागि राज्यलाई दबाब दिने उसको मुख्य कार्य हो ।
केही समय अघि सहकारीका गतिवीधिका बारेमा गफिदा नेफ्स्कुनका अध्यक्ष ऋषिराज घिमिरेले भन्दै थिए सहकारी भनेको आफ्नै मूल्य मान्यता अनुसार चल्छ । आफ्ुलाई कसरी काम गर्दा सजिलो हुन्छ त्यही अनुसार सहकारी चल्ने हो । उनले भनेका थिए, चाँडै सहकारी ऐन ल्याउदै छौ, त्यो लागु भए पछि सबै सुधार हुन्छ ।
हैन,संघहरुले यसरी ऐन बनाउदै लाने हो भने सहकारी विकास बोर्ड र सहकारी मन्त्रालय किन चाहियो ? संघले ऐनको ड्राफ बनाएर सहकारी विकास बोर्डको धज्जी उडाए कै हो त ? सहकारी विकास बोर्ड जुन उद्देश्यले खडा गरियो, जुन रुपमा कानून आयो । एउटा नीति निर्मार्ण गर्ने निकायको रुपमा सन्चालन हुनु पर्ने थियो । तर ऐनको उद्देश्य अनुरुप पटक्कै सञ्चालन हुन सकेन । यही लाचारी पनलाई संघहरुले गिज्याइ रहेका छन् ।
मुल कुरा अब यसै गरि संघहरुले मेरा संस्थालाई यस्तो ऐन चाहियो दुरुस्त लागु गर भन्दा मान्ने की नमान्ने ? सरकारले कस्तो ऐन बनाउदा उपयुक्त हुन्छ सुझाव माग्ने काम गर्दा संघहरुले यस्तो भनेर आफ्ना कुरा राख्न सक्लान । तर म यसरी चल्छु मेरो कानुन यो भन्न मिल्ला र ? प्रश्न यता पनि छ । संघमा नेतृत्व गर्ने व्यक्ती वा पदाधिकारी जे भनौ उनिहरुको पनि सहकारी नै छ । भोली कानुन बनाउने संघमा आबद्ध भएका सहकारीहरु भटाभट भाग्न थाले भने ऐनको हैसियत के रहला र ? राज्यले वित्तिय सहकारीका लागि छुटै ऐन बनाउने की सबै सहकारीलाई समेट्ने हैसियत भएको ऐन निर्माणमा जुट्ने निर्णयमा पुग्न ढिला भै सकेको छ । वर्तमान सहकारी मासिकबाट
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार