१७ वैशाख २०८३, बिहिबार

कृषि सहकारी मार्फत एक लाख फलफूलका बिरुवा वितरण

२०७१ असार २४, मङ्गलबार
कृषि सहकारी मार्फत एक लाख फलफूलका बिरुवा वितरण

  सिन्धुपाल्चोक, २४ असार । जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकले चालु आर्थिक वर्षको असार महिनामा किसानलाई विभिन्न प्रजातिका एक लाख ३५ हजार ८३ फलफूलका बिरुवा वितरण गरेको छ ।
जिल्लाका कृषि सहकारी तथा कृषक समूहमार्फत प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरिएको हो । वितरित फलफूलका बिरुवामा विभिन्न जातका आँप ६८३, सुन्तला दुई हजार ४००, अनार ३०० र अलैँची एक लाख ३१ हजार ७० रहेको वरिष्ठ कृषि विकास अधिकृत ईश्वरीप्रसाद पाण्डेले बताए ।
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने अत्तरपुर र चोकटी गाविसलाई अलँैचीको पकेट क्षेत्र मानिएको छ । चोकटीमा अलैँची सुकाउने भट्टीसमेत स्थापना भइसकेको हुँदा ती दुई गाविसमा डाँडापाखर कृषि सेवा केन्द्रमार्फत २१ हजार अलैँचीका बिरुवा वितरण गरिएको कृषि प्रसार अधिकृत यादव सापकोटाले जानकारी दिए ।
यसैबीच जिल्लामा यस वर्ष वर्षात् नभए पछि आजसम्म ३० प्रतिशत मात्र रोपाइँ भएको अधिकृत सापकोटाले बताउनुभयो । जिल्लामा यस वर्ष कुल १२ हजार २५० हेक्टरमा धानखेती लगाइने कार्यक्रम रहेको छ ।

अभिलेख

लोकप्रिय