१७ वैशाख २०८३, बिहिबार

सहकारीमार्फत रोजगारीको अवसर सिर्जना गर्न जोड

२०७१ असार २३, सोमबार
सहकारीमार्फत रोजगारीको अवसर सिर्जना गर्न जोड

काठमाडौ, २३ असार । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम सहकारीमार्फत वितरण गर्दा गाउँमा यसको प्रभावकारीता देखिएको सरोकारवाहरुले बताएका छन् ।
सहकारीमार्फत युवाहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सकिने उनीहरुको भनाई थियो । राष्ट्रिय युवा महासंघ नेपालले गरेको राष्ट्रिय कार्यशालामा पूर्व अर्थमन्त्री बर्षमान पुनले स्वरोजगार कोषले हालसम्म लाखौ युवालाई स्वरोजगार बनाएकोमा खुसी व्यक्त गरे। युवा रोजगारको सोच त्यागी  बन्न सके देशले छिट्टै आर्थिक गति लिने बताए । सरकारले स्पष्ट खाका ल्याउन नसकेका कारण युवाहरुलाई परिचालन गर्न नसकिएको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा ।यज्ञबहादुर कार्कीले मुलुकको राजनीति अस्थिर हुनाले यथोचित प्रगति हुन नसकेको र योजनाहरु समेत अधुरा हुने गरेको बबताए। राजनीति स्थिर भएमा मात्र दिगो विकासको प्रयास सफल हुने र रोजगार सृजना गर्न सकिने उल्लेख गरे ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंले कोषले विगतमा अस्पष्ट रहेका प्रक्रियाहरु स्पष्ट गरेर काम गरिरहेको र हाल ७३ जिल्लामा विभिन्न सहकारीहरु मार्फत स्वरोजगार कार्यक्रम कार्यान्वय गरिरहेको जानकारी दिए ।
नेपाल उद्योग बाणिज्य महासंघका निर्देशक हंशराम पाण्डेले निजी क्षेत्रको भूमिका पहिचान गर्न सके सरकारको प्रयासमा धेरै सफलता मिल्ने र सरकारले पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए ।

अभिलेख

लोकप्रिय