२० कात्तिक २०८३, शुक्रबार

कानुन उलङ्घन गर्ने सहकारीलाई कारबाही हुन्छः रजिष्ट्रार पौडेल

२०७१ असार २३, सोमबार
कानुन उलङ्घन गर्ने सहकारीलाई कारबाही हुन्छः रजिष्ट्रार पौडेल

काठमाडौं, २३ असार । सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले सहकारी ऐन, नियम र मापदण्ड उलङ्घन गर्ने सहकारीलाई कानुनी दायरामा ल्याउने बताएका छन् । सहकारी स्वायत्त र स्वतन्त्र भएपनि नियम, कानुन उलङ्घन गर्नेलाई कानुनी कारबाही गर्ने उनको भनाई छ ।
नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) थालेको प्रारम्भिक रुपमा अनुगमन तथा सुपरिवेक्षणको  सोमबार उद्घाटन गर्दै पौडेलले केही सहकारीको बदमासी कारण समग्र सहकारीको नराम्रो छाप परेको समेत बताए । मेची महाकालीमा सहकारीले धेरै राम्रा राम्रा काम गरेको उदाहरण भएको समेत उनको भनाइ थियो ।
नेफ्स्कूनले काठमाडांै ४० वटा बचत तथा ऋण सहकारीहरुलाई छनौट गरी अनुगमनको कार्य सुरुवात गरेको जानकारी दिएको छ । आफ्ना सदस्य संस्थालाई प्रभावकारी बनाउन अनुगमन शुरु गरेको जनाएको छ । अनुगमनमा भेटिएका समस्यालाई समाधान गर्ने सल्लाह र सुझाब दिइने जनाएको छ ।

अभिलेख

लोकप्रिय