२० कात्तिक २०८३, शुक्रबार

साना किसान विकास बैंक १३ वर्षमा

२०७१ असार २२, आईतवार
साना किसान विकास बैंक १३ वर्षमा

काठमाडौं २२ असार । साना किसान विकास बैंक आइतबारदेखि १३ औं वर्षमा प्रवेस गरेको छ । २०७१ जेठ मसान्तसम्ममा बैंकले बैंकले ५५ जिललाका ६ सय गाउ विकास समितिका २ लाख ४९ हजार महिला र एक लाख ११ हजार पुरुष गरी ३ लाख ६० हजार परिवार किसानलाई वित्तीय पहुँच पुर्‍याएकोे छ ।

३ सय ६३ साना किसान सहकारी र ६४ समान प्रकृतिका सहकारी संस्था गरी बैंकमा ४ सय २७ सहकारी संस्थाहरु आवद्ध भएका छन् । अगमी वर्ष एक सय २ वटा संस्था बैंकसँग आवद्ध हुने प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले बताए ।

बैंकले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा १८ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यस अवधिमा १३ अर्ब १० करोड रुपैयाँ ऋण असूली भएको छ । लगानी गरिएको ऋणमध्ये एक प्रतिशतको मात्रै भाका नागेको प्रमुख कार्यकारी अधिकृत शर्माले बताए । ‘बैंकको कर्जा असूली दर ९९.९३ प्रतिशत छ’ एभरेष्ट होटलमा आयोजित वाषिर्कोत्सव कार्यक्रममा उनले भने ।

बैंकले ४ सय २७ संस्थासँग कारोबार गरेको छ । जसमध्ये २७ वटा वाणिज्य बैंक रहेका छन् । जेठ मसान्तसम्ममा बैंकको कुल सम्पत्ति ५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । स्थापनाकालदेखि नै नाफामा रहेको बैंकले गत आर्थिक वर्ष ८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा ७ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको बंकले जनाएको छ ।

आर्थिक वर्ष २०६७/०६८ देखि सहुलियत दरमा मासुजन्य पशुपालन कर्जामा लगानी सुरु गरेको बैंकले हालसम्म ३६ हजार ३ सय ४७ किसानलाई दुई अर्ब ५६ करोड रुपैयाँ लगानी गरेको छ । जसबाट करिब ४ अर्ब रुपैयाँको मासु तथा दुग्दजन्य पद्धार्थको उत्पादन भएको छ ।

बैंकले किसानका लागी विभिन्न किसिमका आकर्षक कार्याक्रमहरु सञ्चालन गर्दै आएको छ । इजरायल सरकारसँग सम्झौता गरि बैंकले प्रत्येक वर्ष युवालाई कृषि ट्रेनिङ्गका लागि इजरायल पठाउन सुरु गरेको छ । पहिलो चरण पठाइएका ५४ जना युवा किसान यजरायलको १० महिने ट्रेनिङ्ग सकेर दुईहप्ता अघिमात्रै नेपाल फर्किएका छन् । यो वर्ष ५ सय १५ जना ट्रेनिङ्गका लागि इजरायल जादैछन् ।

अभिलेख

लोकप्रिय