साना किसान विकास बैंक १३ वर्षमा
काठमाडौं २२ असार । साना किसान विकास बैंक आइतबारदेखि १३ औं वर्षमा प्रवेस गरेको छ । २०७१ जेठ मसान्तसम्ममा बैंकले बैंकले ५५ जिललाका ६ सय गाउ विकास समितिका २ लाख ४९ हजार महिला र एक लाख ११ हजार पुरुष गरी ३ लाख ६० हजार परिवार किसानलाई वित्तीय पहुँच पुर्याएकोे छ ।
३ सय ६३ साना किसान सहकारी र ६४ समान प्रकृतिका सहकारी संस्था गरी बैंकमा ४ सय २७ सहकारी संस्थाहरु आवद्ध भएका छन् । अगमी वर्ष एक सय २ वटा संस्था बैंकसँग आवद्ध हुने प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले बताए ।
बैंकले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा १८ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यस अवधिमा १३ अर्ब १० करोड रुपैयाँ ऋण असूली भएको छ । लगानी गरिएको ऋणमध्ये एक प्रतिशतको मात्रै भाका नागेको प्रमुख कार्यकारी अधिकृत शर्माले बताए । ‘बैंकको कर्जा असूली दर ९९.९३ प्रतिशत छ’ एभरेष्ट होटलमा आयोजित वाषिर्कोत्सव कार्यक्रममा उनले भने ।
बैंकले ४ सय २७ संस्थासँग कारोबार गरेको छ । जसमध्ये २७ वटा वाणिज्य बैंक रहेका छन् । जेठ मसान्तसम्ममा बैंकको कुल सम्पत्ति ५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । स्थापनाकालदेखि नै नाफामा रहेको बैंकले गत आर्थिक वर्ष ८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा ७ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको बंकले जनाएको छ ।
आर्थिक वर्ष २०६७/०६८ देखि सहुलियत दरमा मासुजन्य पशुपालन कर्जामा लगानी सुरु गरेको बैंकले हालसम्म ३६ हजार ३ सय ४७ किसानलाई दुई अर्ब ५६ करोड रुपैयाँ लगानी गरेको छ । जसबाट करिब ४ अर्ब रुपैयाँको मासु तथा दुग्दजन्य पद्धार्थको उत्पादन भएको छ ।
बैंकले किसानका लागी विभिन्न किसिमका आकर्षक कार्याक्रमहरु सञ्चालन गर्दै आएको छ । इजरायल सरकारसँग सम्झौता गरि बैंकले प्रत्येक वर्ष युवालाई कृषि ट्रेनिङ्गका लागि इजरायल पठाउन सुरु गरेको छ । पहिलो चरण पठाइएका ५४ जना युवा किसान यजरायलको १० महिने ट्रेनिङ्ग सकेर दुईहप्ता अघिमात्रै नेपाल फर्किएका छन् । यो वर्ष ५ सय १५ जना ट्रेनिङ्गका लागि इजरायल जादैछन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
