१७ वैशाख २०८३, बिहिबार

बाँकेमा सहकारी संस्थाको सङ्ख्या सात सय पुग्यो

२०७१ असार २१, शनिवार
बाँकेमा सहकारी संस्थाको सङ्ख्या सात सय पुग्यो

बाँके, २१ असार । बाँके जिल्लामा सहकारी संस्थाको सङ्ख्या ७०० पुगेको छ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय नेपालगन्जका अनुसार चालु आर्थिक वर्षमा सहकारीको सङ्ख्या ७१९ पुगेको छ ।
कार्यालयका सहकारी निरीक्षक पशुपति पाठकका अनुसार जेठ मसान्तसम्म कार्यालयमा बहुउद्देश्यीय सहकारी ८६, बचत तथा ऋण ९७, कृषि तथा साना किसान सहकारी १८५, दुग्ध सहकारी आठ, उपभोक्ता सहकारी आठ पुगेका छन् ।
यस्तै मजदुर सहकारी एक, विद्युत् सहकारी तीन, वन संरक्षण सहकारी तीन, सञ्चार सहकारी तीन, स्वास्थ्य सहकारी दुई, जडीबुटी सहकारी तीन, पशुपक्षी सहकारी एक, तरकारी तथा फलफूल सहकारी दुई र महिला उद्यमी १७ वटा रहेका छन् । सो कार्यालयका अनुसार जिल्लामा निष्क्रिय सहकारीको सङ्ख्या १४४ रहेको छ भने सक्रिय ५७५ सहकारी रहेका छन् ।  नियमित लेखा परीक्षण नगरेका, नवीकरण नभएका सहकारी संस्थालाई निष्क्रियमा राखिएको सहकारी निरीक्षक पाठकले बताए ।
जिल्लामा महिलाद्वारा सञ्चालित सहकारीको सङ्ख्या ४९ पुगेका छ । सहकारी सङ्घ पाँच वटा रहेका छन् । गत आर्थिक वर्ष ०६९÷०७० मा ३८२ वटा सहकारी दर्ता भएकामा चालु आर्थिक वर्षमा ३७ वटा दर्ता भएका छन् ।

अभिलेख

लोकप्रिय