“सबै जिल्लामा डिभिजन सहकारी कार्यालय चाहिदैन”
काठमाडौँ २० असार । सहकारी विभाग र केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रको संयुक्त आयोजनामा “सहकारी क्षेत्रमा क्षमता विकासः अभ्यास र आगामी कार्यदिशा” बिषयक २ दिने गोष्ठी धुलिखेलमा सुरु भएको छ । सो कार्यक्रममा बोल्दै सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले ७५ जिल्लामा डिभिजन सहकारी कार्यालय खोल्न आवश्यक नरहेको बताएका छन् । डिभिजन कार्यालय नखुलेका जिल्लामा सिडियो कार्यालयमा सहकारी डेक्स राखेर काम गर्न सकिने उनको भनाई छ ।
सबै जिल्लामा कार्यालय स्थापना गर्दा राज्यलाई आर्थिक भार पर्ने भएकाले भएका डिभिजन कार्यालयलाई सक्रिय बनाउनु पर्ने धारण राखे । साथै सहकारी प्रबद्र्धनका लागि राज्यले बिषेश अनुदानको व्यवस्था गर्न नसक्ने भएकाले सहकारी संस्थाबाट रकम संकलन गर्ने व्यवस्था सहकारी ऐनमा राखिनु पर्ने बताए । यस्तै कार्यक्रममा सहकारी ऐनमा परिमार्जन गरि राष्ट्र बैंकलाई वित्तिय कारोबार गर्ने सहकारीमा हस्तक्षेप गर्ने अधिकारको व्यवस्था गर्न आवश्यक रहेको बताए । सहकारीमा गुट उपगुट बढेको बताउदै उनले आफ्नो अध्ययनले अधिकांश सहकारी सिद्धान्त अनुरुप नचलेको बताए ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडालले सहकारी क्षेत्रको प्रवद्र्धन र विकासका लागि सरकारले लगानी बढाउनु पर्नेमा जोड दिए । एक जिल्ला बाट बदमासी गरेर अर्को जिल्लामा गएर सहकारी खोल्ने प्रवृृतिले विकृति बढेको बताउदै उनले बदमासी गर्ने सहकारीहरुको तीनपुस्ते विवरण राख्ने व्यवस्थालाई प्रभावकारी बनाउन राज्य सक्रिय हुनु पर्ने बताए ।
राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले बजेट बढाउदैमा सहकारीको विकास नहुने भएकाले सरकारको लगानी सहि ठाँउमा आउन आबश्यक रहेको बताए । सहकारीलाई अनुदान मात्र दिएर नपुग्ने बताउदै तालिम र शिक्षालाई बढी प्रथामिकतामा राख्नु पर्ने उनको जोड थियो ।
केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य गणेश अर्यालले सहकारीमा देखिएको विकृतिले सबैलाई पोलेको बताउदै कम्जोरी निराकरण गर्न सबै सचेत हुनु पर्ने बताए । २ दिन सम्म सञ्चालन हुने कार्यक्रममा केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य गणेश अर्र्याल, फ्रिलान्सर कन्सल्टेन्ट प्रल्हादमान माली , सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह सचिव सुरेश प्रधान, बरिष्ठ सहकारीकर्मी यज्ञराज ढुंगेल लगायतले कार्यपत्र प्रस्तुत गर्ने छन् । कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार